गर्मीसँगै बिरामीको चाप बढ्दो
३१ जेठ, काठमाडौ । बढ्दो गर्मीसँगै फर्पिङस्थित मनमोहन स्मृति अस्पतालमा बिरामीको चाप बढेको छ । बढ्दो गर्मीसँगै ज्वरो, रुघाखोकीका साथै अन्य विभिन्न शारीरिक समस्या भएका बिरामी आउने क्रम बढेको हो ।
काठमाडौं दक्षिणभेगका दक्षिणकाली, शेषनारायण, छैमले, टल्कु, चाल्नाखेलका साथै मकवानपुरका फाखेल, सिस्नेरीलगायत गाविसबाट बिरामी दैनिकरुपमा आउने गरेको अस्पतालका संयोजकले बताएका छन् ।
गर्मीका कारण सर्वसाधारणमा आउन सक्ने विभिन्न आकस्मिक स्वास्थ्य समस्यालाई दृष्टिगत गरी अस्पतालको सेवालाई अझै प्रभावकारीरुपमा सञ्चालन गरिएको छ ।
काठमाडौं दक्षिणभेगका साथै ललितपुर तथा मकवानपुर समेतका विभिन्न गाविसबाट उपचारका लागि आउने सर्वसाधारणको हितलाई लक्षित गरी अस्पतालको १५ शैया क्षमतालाई ५० सम्म बनाउने योजनाका साथ काम भइरहेको छ ।

No comments: