Breaking News

गायक यम बराल पक्राउ

yam baral३१ जेठ, काठमाडौ । गायक यम बराम गयराती लैनचौरस्थित मल्ल क्यासिनोबाट पक्राउ गरिएको छ । दरबारमा मार्ग प्रहरी कार्यालयमा राखिएको बराललाई भर्खरै हनुमानढोका तर्फ लगिएको छ ।

उनलाई आज बिहान मल्ल होटलको क्यासिनोबाट पक्राउ गरिएको हो । उनलाई शुक्रबार विहान जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका हुन । दरबारमार्ग प्रहरी टोलीले लैनचौरस्थित मल्ल क्यासिनो अनुगमन गर्न गएको बेला गायक बराललाई पक्राउ गरेको हो ।

नेपाली कानुन अनुसार नेपालीले क्यासिनोमा जुवा खेल्न मनाही छ । तर, नेपालका अधिकांश क्यासिनो नेपाली जुवाडेकै भरमा टिकिरहेका छन् । नेपाली क्यासिनोहरुमा नेपालीसहित भारतीय र चिनियाँ ग्राहक बढी आउँने गर्छन् ।

How about this Article

No comments:

Leave a Reply