Breaking News

पहिरोका कारण चार परिवार विस्थापित

१ असार,म्याग्दी । म्याग्दीको पाखापानीमा पहिरोबाट चार परिवार विस्थापित भएका छन् । शुक्रबार बिहानदेखि लगातार पहिरो चल्न थालेपछि पाखापानी १ औलागाउँका बासिन्दा विस्थापित भएका हुन् । यसअघि बस्तीको तल राहुघाट नदितर्फबाट पहिरो गएको र अहिले बस्ती माथिबाट पहिरो चल्न थालेको हो । पहिरोबाट बच्न औलागाउँका नन्दबहादुर पाईजा, प्रेम पाईजा, देउप्रसाद पाईजा र मिना शेरपुञ्जाका परिवार विस्थापित भएका अमर मावि पाखापानीका प्रअ युकुमार गर्बुजाले जानकारी दिए।
उनका अनुसार विस्थापित आफन्त र आमा समूहको सार्वजनीक भवनमा आश्रय लिएर बसेका छन् । शुक्रबार बिहानदेखि बस्ती माथिबाट निरन्तर पहिरो खस्न थालेपछि विस्थापित भएका पहिरो पिडितहरुले पहिरो नियन्त्रण, उद्धार र आवास व्यवस्थापनका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

How about this Article

No comments:

Leave a Reply