प्रचण्ड र बाबुरामले ६ वर्षपछि पार्टी छोड्नु पर्ने !
एक कार्यदलले तयार पारेको प्रतिवेदनमा दुई अवधी पार गरेका व्यक्तिका लागि ६५ वर्षिय उमेर सिमाको निति अघि सारिएको छ।
हेटौडा महाधिवेशनमा नै नमरुन्जेल नेतृत्वमा रहिरहने परम्परालाई तोड्ने प्रस्ताव पारित गरिएको थियो। उक्त पस्तावमै टेकेर नेता कृष्ण बहादुर महराले संयोजक रहेको कार्यदलले यस्तो प्रतिवेदन तयार पारेको हो।
केन्द्रिय समितिले यो प्रस्ताव पारित गरेमा धेरैको एमाओवादीको सक्रिय राजनिति जीवन छोटिनेछ भने कतिले त तत्काल पदनै छोड्नु पर्ने हुन्छ।
६५ वर्षे निति लागू भए स्थायी समिति सदस्य अमिक शेरचन र दीनानाथ शर्माले तत्काल अवकाश लिनु पर्ने हुन्छ।
नेता कृष्ण बहादुर महरा १० वर्षमा, प्रवक्ता अग्नि सापकोटाले ९ वर्षमा, टोपबहादुर रायमाझी १२ वर्षमा, पूर्वलडाकु प्रमुख नन्दकिशोर पुनले १७ वर्ष, जनार्दन शर्मा १५, देवेन्द्र पौडेलले १६ वर्षमा , नेतृ हिसिला यमीले ११ वर्षमा आफ्नो पदबाट अवकाश लिनुपर्ने देखिन्छ।
त्यसै गरि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईले करिब ६ बर्षमा पद छोड्नु पर्ने हुन्छ ।
अर्का उपाध्यक्ष नारायण काजी श्रेष्ठको भने १२ वर्ष बाँकी छ।
महासचिव पोष्ट बहादुर बोगटी ५ वर्ष पछि अवकाश लिनु पर्ने देखिन्छ।
नेता अनन्तले भने अझै २३ वर्षमा पार्टीको कार्यकारी पदमै रहन सक्छन्।
यो प्रस्ताव तत्कालै पारित हुने संभावना भने कम बताइएको छ तर पार्टीका धेरै युवा नेताले भने यो प्रस्तावको पक्षमा आवाज उठाएका छन् ।

No comments: