भोलीको नेपाल बन्द प्रचारका लागि देशैभरी सभा
१ असार,काठमाडौ। नेकपा माओवादी लगायत ३३ दलीय गठबन्धनले भोलीका लागि आह्वान गरेको बनद सफल बनाउन आज काठमाडौ सहित देशका विभिन्न जिल्लामा विरोध सभा आयोजना गर्दैछन ।
आफूहरुको सहमति वेगर सरकारले निर्वाचन मिति घोषणा गरेको भन्दै आन्दोलनमा उत्रिएका ३३ दलले भोलीको बन्द सफल बनाउन देशका विभिन्न भागमा कोणसभा आयोजन गर्न लागेको जनमोर्चाका नेता साध्यबहादुर भण्डारीले जानकारी दिए ।
यथास्थितीमा हुने निर्वाचनले निकाश नदिने भएकोले आफूहरुले निर्वाचनको विरोध गरेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन ।
सरकारले मंसीर ४ गतेका लागि निर्वाचन घोषणा गरेपनि सो मितिमा कुनैपनि हालतमा निर्वाचन हुन नदिने उनले चेतावनी दिइन ।
३३ दलीय गठबन्धनले निर्वाचन घोषणाको विरोध स्वरुप पहिलो चरणको कार्यक्रम अन्तर्गत भोली नेपाल बन्द आह्वान गरेको हो ।

No comments: