Breaking News

गच्छदार प्रचण्डको नेता बन्ने भए

bijay kumar gachhdar १ असार, काठमाडौ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार आजदेखी प्रचण्डको नेता भएका छन । प्रचण्ड प्रधानमन्त्री बनेको समयमा गच्छेदार सरकारका मन्त्री थिए ।

उच्चस्तरिय राजनीतिक संयन्त्रको नेतृत्व आजदेखी विजयकुमार गच्छेदारले सम्हालेका छन । प्रचण्ड, सुशील कोइराला र झलनाथ खनाल उपस्थित हुने बैठकको नेतृत्व  अबदेखी गच्छदारले गर्ने भएका छन ।



राजनीतिक संयन्त्रको नेतृत्व पाएपछि गच्छदार दंग परेका छन । तीनजना नेताको भन्दा आफ्नो कार्यकाल सफल रहने गच्छदारले दावी गरेका छन् ।

How about this Article

No comments:

Leave a Reply