Breaking News

'जेसीज सप्ताह–२०१३' कार्यक्रमहरुको जानकारी

 - जेसीज शाखा अध्यक्ष बिनय श्रेष्ठ
Binaya Shrestha
२०५६ साल जेठ १५ गते शनिवार बाग्लुङ् जेसीजको अतित्थ्यतामा कर्मचारी मिलन केन्द्रमा म्याग्दीका युवाहरुको भेलाबाट स्थापित म्याग्दी जेसीजले आफ्नो १५ औं स्थापना दिवसको पावन अवसरमा सप्ताह व्यापी कार्यक्रमहरुकासाथ “जेसीज सप्ताह–२०१३” सम्पन्न  गरेको छ । यहाँ जेसीज सप्ताह अन्तर्गत जेठ १५ देखि २१ गतेसम्म सम्पन्न भएका कार्यक्रमहरुको जानकारी गराउने प्रयास गरिएको छ ।

क) उद्घाटन तथा शैक्षिक सामग्री वितरण कार्यक्रमः
जेसीज सप्ताह– २०१३ को पहिलो दिन २०७० जेठ १५ गते म्याग्दी जेसीजका शाखा  अध्यक्ष जेसी विनय श्रेष्ठको सभापतित्व, नेपाल वाल संगठनका सभापति हरिकुमार श्रेष्ठको प्रमुख आतित्थ्यतामा उद्घाटन तथा शैक्षिक सामग्री    हस्तान्तरण कार्यक्रम म्याग्दी वालगृहमा सम्पन्न भयो । नेपाल वाल संगठनका पदाधीकारीहरु र म्याग्दी जेसीजका संस्थापक तथा पूर्व अध्यक्षहरु, जेसी सदस्यहरुको उपस्थितिमा “जन्मदिन केक” काटी सप्ताहको उद्घाटन  गरीएको थियो । कार्यक्रममा प्रमुख अतिथी  नेपाल बाल संगठनका सभापति हरिकुमार श्रेष्ठको हातबाट बालगृहमा रहेका बालवालीकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रम संयोजक एवम महासचिव जेसी नवराज पौडेलको सञ्चालन      रहेको सो कार्यक्रम प्रमुख अतिथी श्रेष्ठको प्रमुख आतित्थ्यताको मन्तव्य, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष जेसी रमेशकुमार श्रेष्ठले शुभकामना मन्तव्य, अध्यक्षीय सल्लाहकार रञ्जना श्रेष्ठको स्वागत मन्तव्य उपाध्यक्ष जेसी   रेशी श्रेष्ठले जेसी आस्था अगुवाई      गरेका थिए भने शाखा अध्यक्ष विनय श्रेष्ठले धन्यवाद सहित समापन गरेका थिए । कार्यक्रमको सम्पूर्ण खर्चको सौजन्य जेवि स्टेशनरी मंगलाघाटले गरेको थियो ।

ख) अन्तरमावि निबन्ध लेखन प्रतियोगीताः 

Photoसप्ताहको दोस्रो दिन ०७० जेठ १६ गते“युवाको आह्वान– विधिको शासन र परिवर्तन” विषयक अन्तरमावि निवन्ध लेखन प्रतियोगिता जेसीज सचिवालयमा सम्पन्न भयो । शाखा अध्यक्ष जेसी विनय श्रेष्ठको सभापतित्व, पूर्व अध्यक्ष जेसी धनञ्जयकुमार श्रेष्ठको शुभकामना मन्तव्य,का.का–उपाध्यक्ष जेसि भिमसेन बराइलीको स्वागत मन्तव्य, उपाध्यक्ष जेसी लोकश पुन मगरको आस्था अगुवाइ र कार्यक्रम संयोजक जेसी दिनोद वरालको सञ्चालन रहेको सो प्रतियोगितामा ८ विद्यालयका १५ जना छात्र÷छात्राहरुले भाग लिएका थिए । प्रतियोगितामा प्रथम न्यू वेष्ट प्वाइन्ट आउमाविका सज्जन थापा, द्धितिय बेनी आमाविका माधव गौतम,तृतीय न्यू वेष्ट प्वाइन्ट आउमाविका निग्या सुवेदी र सान्त्वना लोकदिप आमाविका विज्ञान आचार्यलार्ई समापन समारोहमा नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार गोेविन्द प्रसाद भण्डारी, द्धितिय पुरस्कार   धौलागिरी सुनचाँदी ढुकान,तृतिय   पुरस्कार टिपटप बस्त्रालय र सान्त्वना नमस्ते ट्रेडले सौजन्य प्रदान गरेको थियो ।

ग) अन्तर जेसीज सदस्यीय हाजिरी जवाफ प्रतियोगिता ः 
सप्ताहको तेस्रो दिन २०७० जेठ १७ गते अन्तर जेसीज सदस्यीय हाजिरी जवाफ प्रतियोगिता शाखा अध्यक्ष जेसी विनय श्रेष्ठको सभापतित्व र महासचिव जेसी नवराज पौडेलको सञ्चालनमा जेसीज सचिवालय सम्पन्न भयो । पूर्व अध्यक्ष जेसी इश्वर श्रेष्ठको शुभकामना मन्तव्य, निर्वमान अध्यक्ष जेसी रस्मिता श्रेष्ठको स्वागत मन्तव्य र उपाध्यक्ष जेसी सविता कार्कीको आस्था अगुवाई रहेको सो प्रतियोगितमा जेसी सदस्यहरुको ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम स्थान हासील गर्ने सगरमाथा समूहका जेसी सञ्जना श्रेष्ठ, जेसी सतिष श्रेष्ठ र जेसी दिनोद बराल त्यस्तै द्धितिय स्थान हासील गर्र्ने माछापुछ«े समुहका जेसि भिमसेल बराइली, जेसी सविता कार्कि र जेसी सज्जन वोहरालाई समापन समाहरोहमा पुरस्कार वितरण गरिएको थिया े । प्रतियोगिताको पुरस्कार तथा खर्च सौजन्य निवर्तमान अध्यक्ष एवम कार्यक्रम संयोजक जेसी रस्मिता श्रेष्ठले गरेका थिए ।

घ) नेतृत्व विकास तालिमम ः
 सप्ताहको चौथो दिन ०७० जेठ १८ गते शनिवार जेसीज सदस्यहरुलाई नेतृत्व विकास तालिम सम्पन्न भयो । शाखा अध्यक्ष जेसी विनय श्रेष्ठको सभापतित्व पूर्व अध्यक्ष जेसी सुविन श्रेष्ठको शुभकामना मन्तव्य, शाखा निर्देशक जेसी बविन बागदासको स्वागत मन्तव्य र जेसी नविना बरालको आस्था अगुवार्इ र कार्यक्रम संयोजक जेसी विदुर           बराइलीइको संयोजकत्वमा सम्पन्न सो तालिममा नेपाल जेसीजका पूर्वराष्ट्रिय तालिम कमिसार एवम् चम्पापूर जेसीजका पूर्व अध्यक्ष जेसी दिपक विष्ट र नेपाल जेसीजका पूर्व का.का उपाध्यक्ष एवम म्याग्दी जेसीजका पूर्व अध्यक्ष जेसी धनञ्जयकुमार श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा म्याग्दी जेसीजलाई भवन निर्माणको क्रममा आर्थिक संकलन गरी सहयोग प्रदान गर्न संयोजन गर्नु हुने हाल अष्ट्रेलिया अध्ययनरत बेनी बजार निवासी श्री लक्की श्रेष्ठ र उहाँकी धर्मपत्नी रेस्मा श्रेष्ठलाई सम्मान गरिएको थियो ।

ङ) बोर्ड हस्तान्तरण कार्यक्रमः 
Photo२०७० जेठ १९ गते म्याग्दी अस्पताललाई बोर्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

म्याग्दी अस्पतालमा भर्ना हुने विरामीको  प्रष्ट विवरण उल्लेख गरी विरामी भेट कार्यलाई सरल र सहज बनाउन स्थापित सो बोर्ड एक कार्यक्रम विच अस्पतालका सुपरीटेन्डन पुकार घिमिरेलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम संयोजक जेसी राज सुवेदीको सञ्चालन र जेसी भुपेन बानियाँको आस्था अगुवाइ रहेको सो कार्यक्रममा  सभापति शाखा अध्यक्ष जेसी विनय श्रेष्ठले धन्यबाद मन्तव्य व्यक्त गरेका थिए । बोर्ड स्थापनाका लागि गण्डकी रियल स्टेट एण्ड हाउजिङ्क कम्पनीले सौजन्यता तथा बेनी पोल्ट्री सप्लायर्सले आर्थिक सहयोग प्रदान गरेको थियो ।

च) चेतना मुलक वोर्ड स्थापनाः 
Photoसप्ताहको छैठौ दिन ०७० जेठ २० गते जेसी नकुल ढकालको संयोजकत्वमा चेनतामूलक वोर्ड स्थापना गरियो ।
“कबथ लय तय मचगनक–कबथ थभक तय षिभ” “लागु पदार्थको सेवन–जिवनको अन्त्य” जस्ता चेतनामूलक नाराहरु लेखि गणतान्त्रिकचोकमा स्थापना गरी जनचेतना जगाउने प्रयास गरिएको छ ।

सो चेतनामूलक बोर्ड स्थापना गर्न न्यू धौलागिरी ज्वेलर्स सुनचाँदी ढुकान, न्यू रिद्धी मुक्तिनाथ ज्वलेर्स र नमस्ते म्याग्दी डिजिटल कलर ल्यावले सौजन्य प्रदान गरेको थियो ।

छ) १० औं अन्तर मावि रनिङ्ग कप लोकनृत्य प्रतियोगिता एवम पुरस्कार वितरण तथा समापन समारोहः 
Photoसप्ताहको सातौ तथा अन्तिम दिन“१० औं अन्तर मावि रनिङ्ग कप लोकनृत्य प्रतियोगिता एवम पुरस्कार वितरण तथा समापन समारोह शाखा अध्यक्ष जेसि विनय श्रेष्ठको सभापतित्व र का.का उपाध्यक्ष जेसी भिमसेन         बराईलीको संयोजकत्वमा सम्पन्न भयो ।
कार्यक्रम संयोजक एवम का.का भिमसेन बराइली र महासचिव जेसी नवराज पौडेलको सञ्चालन र उपाध्यक्ष जेसी नकुल ढकालको आस्था अगुवाइ रहेको सो समारोहमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष जेसी उत्तम कमचार्य, बाग्लुङ जेसीजका पुर्व अध्यक्ष जेसी दिवाकार शाक्य र पर्वत जेसीजका शाखा अध्यक्ष बद्रिनारायण पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने शाखा अध्यक्ष जेसी विनय श्रेष्ठले स्वागत एवम धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।प्रतियोगितामा विकास विश्कर्मा, किसान विश्वकर्मा र जेसी     रमेशकुमार श्रेष्ठले निर्णायक भूमिका निभाएका थिए । निर्णायक मण्डलका संयोजक विकाश विश्कर्माले प्रतियोगिताका नियम जानकारी गराएका थिए । जिल्लाका ८ वटा विद्यालयहरुले भाग लिएको सो लोक नृत्य प्रतियोगितामा प्रथम हुन सफल प्रकाश उमावि बेनीलार्इ रनिङ्ग कप,नगद र प्रमाणपत्र, त्यस्तै द्धितीय,तृतीय र सान्त्वना हुन सफल क्रमश न्यू वेष्ट प्वाइन्ट आउमावि, बेनी आमावि र माउन्ट आउमाविलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोतिमा उत्कृष्ट नृत्यकार बन्न सफल बेनी आमाविका सृष्टी श्रेष्ठलाई मोवाईल र नगद प्रदान गरिएको थियो । प्रतियोगिताको रनिङ्ग कप रुची चलचित्र मन्दिरका प्रोप्राइटर मिलन श्रेष्ठ, प्रथम पुरस्कार वेष्ट प्वाइन्ट मन्टेश्वरी, द्धितिय पुरस्कार महारानी मिट सप्लायर्स, तृतीय पुरस्कार ब् तय श् मोटरसाइकल वर्कशप एण्ड यामाहा शोरुम, सान्त्वना पुरस्कार आकाश भाडा पसल र उत्कृष्ट नृत्यकारलाई प्रदान गरिएको मोवाइल ढकाल सोलार हाउसका प्रोप्राइटर जेसी नकुल ढकालले सौजन्य प्रदान गरेका थिए ।

ज) समिक्षा बैठक ः 
सप्ताहको सातौ दिन जेसीज सचिवालयमा जेसी   धु्रवराज कार्किको संयोजकत्वमा समिक्षा बैठक सम्पन्न भयो । शाखा अध्यक्ष जेसी विनय श्रेष्ठको सभापतित्वमा सम्पन्न सो समिक्षा बैठकमा संस्थापक अध्यक्ष, भुपू अध्यक्षहरु, कार्यक्रम संयाजेकहरु र जेसीज सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकमा सप्ताह व्यापी कार्यक्रमको राम्रो पक्ष र आगामी दिनहरुमा सुधार गर्नु पर्ने पक्षहरुको बारेमा समिक्षा गरिएको थियो ।

 म्याग्दी जेसीजको बरिष्ठ का.का. उ जेसी अञ्जली श्रेष्ठको मुल संयोजकत्वमा सम्पन्न जेसीज सप्ताह २०१३ लाई सफलता पूर्वक सम्पन्न गर्नको लागि यति धौलागिरी टे«डर्स प्रा.लि, बबिन टेलरीङ्(निमन्त्रणा कार्ड सौजन्य) , पूर्व अध्यक्ष जेसी राजेन्द्र आचार्य, पर्वत एक्वा मिनिरल वाटर, श्रेष्ठ समिल तथा फर्निचर उद्योग, कमल सुनचाँदी ढुकान र क्त् क्इग्ल्म् सर्भिसले आर्थिक सहायोग प्रदान गरेको थियो । यसरी म्याग्दी जेसीजको १५ औ स्थापना दिवसको आयोजीत“जेसीज सप्ताह–२०१३” लाई सम्पन्न गर्न सहयोग पु¥याउनुहुने सम्पूर्ण संघसस्था महानुभावहरु, विद्यालयहरु, पत्रकारवर्ग, स्थानीय पत्रपत्रीका, बेनी अनलाईन बेनी, संस्थाका संस्थापक तथा  भूपू अध्यक्षहरु सञ्चालक समितिका पदाधीकारीहरु, जेसी मित्रहरु, कार्यक्रम संयोजकहरु, सौजन्यदाताहरु, आर्थिक सहयोग दाताहरु लगाएत प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पु¥याउनुहुने सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि पूर्ण सहयोगको अपेक्षा गर्दर्छौ ।  धन्यवाद
जय जेसीज !

साभार :म्याग्दी संचार : २०७०-२-३१ मा प्रकासित

How about this Article

No comments:

Leave a Reply