Breaking News

निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै


०३ असार- निर्वाचन आयोगले मंसिर ४ मा संविधानसभा निर्वाचन सम्पन्न गर्न कार्यतालिकालाई आज अन्तिम रुप दिदै छ । निर्वाचनसम्बन्धी सबै ऐन प्राप्त भई मिति समेत घोषणा भइसकेकाले आयोगले व्यवस्थित रुपले निर्वाचन तयारीका लागि कार्यातालिका बनाउन लागेको हो ।

मंसिर ४ गतेलाई ध्यानमा राखेर कुन काम कुन दिनमा सम्पन्न गर्ने भन्ने विस्तृत विवरण कार्यतालिकामा समेट्न लागिएको आयोगले जनाएको छ । फोटोसहितको मतदाता नामावली संकलनको काम असार मसान्तमा सम्पन्न भएपछि आयोगले साउन पहिलो सातादेखि मतदाता नामावली नामावली प्रशोधन, छपाई र ढुवानीको काम थाल्नेछ ।

आयोगले दल दर्ताका लागि निवेदन दिएका दलहरुको कागजात अध्ययन गरी प्रक्रिया मिले नमिलेको अध्ययन गरिरहेको छ । 

How about this Article

No comments:

Leave a Reply