ब्राजिल र स्पेन उपाधीका लागि भिड्दै
काठमाडौ, १६ असार । कन्फेडेरेसन कप उपाधीका लागि आज राति ब्राजिल र स्पेन
भिड्दैछन् । आयोजक ब्राजिल र विश्व च्याम्पियन स्पेनबीचको खेल
प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
सेमिफाइनलमा ब्राजिलले उरुग्वेलाई र स्पेनले इटालीलाई हराउँदै उपाधी भिडन्त पक्का गरेका हुन् । सन् १९९९ को मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेयता पहिलोपटक ब्राजिलविरुद्ध उत्रिन लागेको स्पेन विश्वकप र युरोकपपछि कन्फेडेरेसन कप पनि जित्ने योजनामा छ ।
यता ब्राजिल उपाधीमाथि ह्याट्रिक गर्ने दाउँमा छ । सन् १९३४ यता स्पेन र ब्राजिलले विश्वकप र मैत्रीपूर्ण खेलमा गरी आठपटक प्रतिस्पर्धा गरेका छन् ।
जसमा चारपटक ब्राजिल विजयी भएको थियो भने दुई खेल हारेको थियो । दुई खेल भने गोलरहित बराबरीमा टुंगिएका थिए ।

No comments: