एमाले भतिर्केन्द्र बन्यो सरकारी सञ्चार माध्यम
यसअघि दलकै नेता संचारमन्त्री हुँदासमेत यति नांगो ढंगले सरकारी
सञ्चार माध्यममा पार्टीकरण हुन सकेको थिएन, तर अहिले त स्वतन्त्र सरकारका
स्वतन्त्र मन्त्रीले एउटा पार्टीको निर्णय र निर्देशनमा काम गरेपछि सरकारको
कथित स्वतन्त्रताको धज्जी उडेको छ । पौडेल सञ्चरमन्त्री भएको केही दिनमै
एमाले सदस्य रहेका पत्रकार मातृका पौडेललाई प्रेस सल्लाहकार बनाएर
एमालेकरणको यात्रा सुरु गरेका थिए । उनले सञ्चार, सामान्य प्रशासन र शिक्षा
मन्त्रालयका निजी सचिवालयमा पनि एमाले कार्यकर्ता मात्र नियुक्ति गरेका
छन् ।
सञ्चारमन्त्रीको पहिलो प्रहारको निशाना गोरखापत्र संस्थान बन्यो ।
उनले गोरखापत्रको प्रधानसम्पादक रहेका वरिष्ठ पत्रकार सीताराम अग्रहरीलाई
हटाएर एमाले समर्थक पुस्कर माथेमालाई प्रधान सम्पादक नियुक्ति गर्न लगाए ।
गोरखापत्रको बोर्ड सदस्य रहेका मधेशी पत्रकार संघका केन्द्रीय अध्यक्ष
कुमार विवेकानन्द मिश्रलाई हटाएर एमाले प्रचार विभाग सदस्यसमेत रहेका प्रेस
चौतारीका निवर्तमान उपाध्यक्ष श्रीधर आचार्यलाई नियुक्त गरे । त्यसैगरी
मुकायम महाप्रबन्धकमा एमाले समर्थक कपिल घिमिरेलाई नियुक्त गरियो । अहिले
गोरखापत्रमा बाहिरवाट जीएम नियुक्ति गर्ने खेल भइरहेको छ । अर्थमन्त्री
शंकर कोइरालाले सबै एमालेका मात्रै नियुक्ति गरियो आफ्ना मान्छे सुशील
कोइरालालाई गोरखापत्रको जीएम बनाउनुपर्छ भनेपछि फाइल मन्त्रिपरिषदमै
रोकिएको छ । गोरखापत्रमा अहिले विभिन्न जिल्लाका संवाददातालाई हटाएर
एमालेका कार्यकर्तालाई नियुक्ति गर्ने क्रम जारी छ ।
अर्को सरकारी सञ्चारमाध्यम रेडियो नेपालमा पनि सञ्चारमन्त्रीको ठाडो
निर्देशनमा महेश चौरसियासहितका घटना र विचार कार्यक्रम संचालन गरिरहेका
पत्रकारलाई हटाइएको छ । घटना र विचार सञ्चालन भएकै समयमा एमाले पत्रकारको
नयाँ टिम पठाएर गन्तव्य संविधानसभानामक कार्यक्रम संचालन गरिएको छ । प्रेस
चौतारीका महासचिव माधव नेपालसहितका एमाले पत्रकारहरुले चलाएको यो कार्यक्रम
एमालेको प्रशंसा र एमालेबाहेक दलको विरोधमा सञ्चालन हुन्छ ।
सञ्चारमन्त्रीले रेडियो नेपालको सञ्चालक समितिमा पनि एमाले पत्रकारलाई
नियुक्त गर्न खोजिरहेका छन् भने कार्यकारी निर्देशकलाई पदबाट हटाउन
बहानाबाजी खोजिरहेका छन् ।
नेपाल टेलिभिजनमा पनि सञ्चारमन्त्री पौडेलले एमाले सञ्चार इलाका सचिव
पत्रकार टंक पन्तलाई सञ्चालक समिति सदस्यमा नियुक्ति दिएका छन् । त्यस्तै
रासस, चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा पनि एमाले निकटकालाई भर्ती
गर्ने तयारी भइरहेको छ । उता पत्रकार महासंघका पूर्वउपाध्यक्ष गोविन्द
आचार्यको कार्यकाल सकिएपछि खाली रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा
पनि एमाले सम्वद्ध व्यक्तिलाई मात्र नियुक्ति गर्ने तयारीमा सञ्चारमन्त्री
लागेका छन् ।
नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका पूर्वाञ्चलका
वरिष्ठ पत्रकार कौशल चेम्जोङलाई अध्यक्ष बनाउनु पर्ने माग एमाले निकटका
पत्रकारहरुले गरे पनि संचारमन्त्री पाण्डे एमाले अध्यक्ष झलनाथ खनाल र
वरिष्ठ नेता केपी ओलीसित साखुल्ले बन्न खेम भण्डारी र गगन विष्टमध्ये एकलाई
नियुक्ति गर्ने तयारीमा छन् ।
माधव पौडेल सञ्चामन्त्री भएपछि गरेका सबै नियुक्तिमा उनले एमालेबाहेक
एक जना पनि परेका छैनन् । यसरी आफूलाई स्वतन्त्र बताउने सरकारका मन्त्रीले
सरकारी सञ्चार माध्यमलाई एउटा पार्टीको भर्तीर्केन्द्रका रुपमा बदल्दा पनि
उच्चस्तरीय राजनीतिक समिति र सरकारका अध्यक्षको ध्यान नजानु बिडम्वनाकै
विषय बनेको छ ।

No comments: