बाबुरामको अनुपस्थितिमा एमाओवादीको बैठक पदत्यागको निर्णय फिर्ता लिन अधिकांशको सुझाव
३१ असार, काठमाडौं । एकीकृत नेकपा
माओवादीका केन्द्रीय पदाधिकारीसहित विभिन्न विभाग र ब्यूरो इञ्जार्जहरुको
बैठक सोमबार दिउँसो पेरिसडाँडामा सम्पन्न भएको छ । प्रचण्ड र नारायणकाजी
श्रेष्ठ समेतको सहभागिता रहेको वैठकमा डा. बाबुराम भट्टराईको भने उपस्थिति
थिएन ।
बैठकमा मजदुर नेता शालिकराम जम्मकट्टेल,
पुष्मविक्रम मल्ल, झक्कु सुवेदी, अन्तरराष्ट्रिय विभागका सदस्य युवराज
चौलागाईलगायत करिब आधा दर्जन नेताहरुले डा. बाबुराम भट्टराइएको
त्यागपत्रबारे कुरा राखेको बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।
पार्टीभित्र उत्पन्न समस्यालाई कसरी समाधान गर्ने भन्नेबारे छलफल गर्न
आयोजित बैठकमा बोल्ने अधिकांशले विना छलफल डा. भट्टराईले पद त्याग गर्न
नहुने प्रतिक्रिया दिएका थिए ।
मंगलबार पूर्वस्थायी समितिका नेतासहित
राज्य इञ्जार्ज र ब्यूरो प्रमुखहहरुको बैठक बस्ने स्रोतले अनलाइनखबरलाई
बतायो । साउन ४ गतेका लागि बोलाइएको विस्तारित बैठकको तयारीका क्रममा
नेतृत्वले विभिन्न तहशमा बैठक आयोजना गरेर सुझाव संकलन जारी राखेको छ ।
बाबुराम भट्टराईले गरेको पदत्यागको
निर्णयलाई सदर गर्ने कि उहाँलाई पुनः जिम्मेवारीमा फर्काउने भन्नेबारे
एमाओवादीभित्र तिब्र छलफल चलिरहेको छ । विभिन्न तहबाट सुझाव लिएपछि
विस्तारित बैठकअगावै यो विषयलाई टुंगो लगाउने तयारीमा माओवादी नेतृत्वले
गृहकार्य गरिरहेको छ ।

No comments: