Breaking News

प्रधानसेनापति स्वदेश फिर्ता हुँदै

१३ साउन, काठमाडौं ।चीन भ्रमणमा रहेका प्रधानसेनापति गौरवशम्सेर राणा आज अपरान्ह स्वदेश फर्कदै छन् ।चिनियाँ मुक्ति सेनाका सेनापति फाङ फेन गुह्वीको औपचारिक निमन्त्रणामा उनी चीन गएका थिए । भ्रमणमा प्रधानसेनापतिले चिनियाँ जनमुक्ति सेनाका प्रमुख फाङ फेन गुह्वी र चिनियाँ वायुसेनाका प्रमुख एवम् केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष झ क्युलिङ लगायतका सेनाका उच्च पदस्थ अधिकारीहरुसँग भेट गरेका थिए ।भ्रमणका क्रममा घुम्ती अस्पतालसम्बन्धी सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सहयोग झन्डै ८८ करोड मूल्य बराबरको छ ।

How about this Article

No comments:

Leave a Reply