अमेरिकामा गोली चल्यो, ७ को मृत्यु
१३ साउन,एजेन्सी। अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले गोली चलाउँदा ७ जनाको ज्यान गएको छ। दक्षिणी फ्लोरिडाको एउटा अपार्टमेन्टमा एक बन्दुकधारीले ६ जनाको गोली हानेर हत्या गरेका थिए। उनलाई पछि प्रहरी कमाण्डोले मारेको थियो। घट्नमा बन्दुकधारी बाहेका ३ महिला र ३ पुरुषको ज्यान गएको हो। अपार्टमेन्ट भित्र गोली प्रहार गरिरहेका बन्दुकधारीसंग प्रहरीले वार्ताको प्रयास गरेपनि असफल भएपछि प्रहरीले उनको गोली हानी हत्या गरेको थियिो।

No comments: