बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
१२ साउन, काठमाडौ । नेपाल दोस्रो यु–१६ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार दशरथ रगंशालामा भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई ५–१ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।
नेपालका लागि सुजन लिम्बुले २, विमल घर्तिले १ र अन्जन विष्टले एक गोल गरेका हुन । भने अर्को गोल बंगलादेशका तर्फबाट आत्मघाती भएको थियो ।
खेलको ८ औँ मिनेटमा नेपालका लागि सुजन लिम्बुले पहिलो गोल गरेका थिए । विमल घर्ती मगरले प्रहार गरेको बल बारमा लागेर आएको रिवाउण्ड बललाई सुजनले गोलमा परिणत गरेका हुन् । त्यस्तै २० औँ मिनेटमा विमलले दोस्रो गोल गरे । भने त्यसको तीन मिनेट पछि अन्जन बिष्टले नेपालका लागि तेस्रो गोल गरेका थिए । भने दोस्रो हाफमा नेपालले दुई गोल गरेको थियो । जसमा एक गोल बंगलादेशले आत्मघाती गरेको थियो । भने अर्को गोल सुजनले गरेका थिए ।
बंगलादेशका लागि खेलको ६५ औँ मिनेटमा एक गोल भएको थियो । फाइनलमा नेपालले आइतबार हुने भारत र अफ्गानिस्तान बिचको दोस्रो सेमिफाइनलको बिजेता सँग प्रतिस्पर्धा गर्ने छ ।

No comments: