Breaking News

खानेपानीको समस्या अब नहुने

१३ साउन, इलाम । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले माइमझुवा गाविसस्थित गिताङ खोलाबाट पानी आपूर्तिका लागि नयाँ आयोजना निर्माण थालेपछि इलाम नगरपालिकामा खानेपानीको अभाव नहुने भएको छ ।पहिलेको आयोजनाबाट खानेपानी अपुग भएपछि गिताङ मुहानबाट नयाँ आयोजना बनाउन थालिएको हो ।
पुरानो आयोजनाबाट प्रतिसेकेण्ड पाँच लिटरमात्र खानेपानी आपूर्ति भइरहेकामा नयाँ आयोजना सम्पन्न भएपछि प्रतिसेकेण्ड १६ र सुम्वेकको भाँडी खोलाबाट पाँच लिटर गरी प्रतिसेकेण्ड २१ लिटरका दरले नगरपालिकामा खानेपानी पु¥याउने लक्ष्यका साथ दु्रत गतिमा काम भइरहेको साइट इञ्चार्ज दिनेश काफ्लेले बताउनुभयो ।विसं २०५४ मा गिताङ खोलाबाट खानेपानी आपूर्ति गर्दै आएको नगरपालिकाले बारम्बार पहिरो आउने र पाइप फुट्ने गरेकाले पुरानो आयोजनाबाट कममात्र खानेपानी आपूर्ति हुँदै आएको जनाएको छ ।“पुरानो आयोजना जीर्ण हुँदै जानु र एलाइन्टमेन्ट पनि गलत हुनुले खानेपानी समस्या बढ्दै गएको हो”, काफ्लेले भन्नुभयो, नयाँ आयोजना सम्पन्न भएपछि १० वर्षका लागि कुनै समस्या हुँदैन ।

”गिताङ मुहानबाट आठ किलोमिटरसम्म छ इञ्चको पाइपमा पानी ल्याइन्छ । उक्त पानीलाई भाँडी खोलाबाट ल्याइएको पाइपमा जोडेर थप गरेर नगरपालिकामा वितरण गरिने योजना रहेको छ । आगामी भदौ मसान्तसम्ममा आयोजना सम्पन्न गरी नगरपालिकामा खानेपानीको समस्या हटाउने लक्ष्य रहेको काफ्लेको भनाइ छ । नगरपालिकामा हाल दैनिक २५ लिटर प्रतिसेकेण्ड पानीको माग रहेको छ ।खानेपानी सरसफाइ डिभिजन कार्यालयको अघिल्लो आवको रु ५० लाख र गत आवको रु एक करोड गरी एक करोड ५० लाखको लागतमा नयाँ आयोजना निर्माणाधीन अवस्थामा छ ।अहिले मुहान नजिकै इन्टेक बनाउने, पाइपलाइन विस्तार गर्ने, विपिटी निर्माण गर्नेलगायतका काम भइरहेको छ ।

 गिताङ खोलाको मुहान आसपासमा रहेका माइमझुवा ४ र ५ नं का बासिन्दालाई नगरपालिकाले सुलभ शौचालयसमेत बनाइदिएको छ ।अहिले दु्रत गतिमा काम भइरहेकाले अब दुई महिनाभित्रमा नगरवासीले खानेपानी समस्या झेल्नु नपर्ने खानेपानी डिभिजन कार्यालयले जनाएको छ । रासस

How about this Article

No comments:

Leave a Reply