Breaking News

राजस्व छलेर भाग्नेलाई गोली हान्ने अधिकार

१३ साउन, काठमाडौ । राजस्व अनुसन्धान विभागका महानिर्देशकलाई गोली हान्ने आदेश दिने अधिकार प्रदान गरिएको छ । महानिर्देशकलाई राजस्व छलीको शंकामा अनुसन्धान भइरहेको अवस्थामा शंकास्पद व्यक्ति भाग्ने प्रयास गरे वा हूलहुज्जत गरे प्रहरीलाई गोली हान्ने आदेश दिने अधिकार प्रदान गरिएको हो ।

आर्थिक अध्यादेश २०७० ले विभागका महानिर्देशकलाई गोली समेत हान्ने आदेश दिने अधिकार दिएको हो । राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । सो ऐनको दफा ३७ पछि ३७ (क) थप गरेर यस्तो अधिकार दिइएको हो भने खबर राजधानी दैनिक पत्रिकाले छापेको छ ।ऐनको थप गरिएको दफामा ‘राजस्व प्रहरीको छुट्टै व्यवस्था नभएसम्मका लागि नेपाल सरकारले विभागअन्तर्गत रहने गरी आवश्यकता अनुसार सशस्त्र प्रहरी बलका अधिकृत एवं जवानलाई आवश्यक संख्यामा संलग्न गरी राजस्व प्रहरीका रूपमा काममा खटाउन सक्नेछ’, भन्ने उल्लेख गरिएको छ ।

यसरी खटिएको राजस्व प्रहरीले महानिर्देशकको प्रत्यक्ष मातहतमा रहेर काम गर्नुपर्ने उल्लेख गरिएको छ ।यस्तै, राजस्व छलीको वस्तु ढुवानी गरेको शंका लागेका सवारी साधन अनुसन्धानका लागि रोक्न आदेश दिँदा नरोकी भाग्ने प्रयास गरे वा हूलहुज्जत गरे पनि राजस्व प्रहरीलाई गोली हान्ने आदेश दिन सकिने अध्यादेशमा उल्लेख गरिएको छ ।

How about this Article

No comments:

Leave a Reply