Breaking News

७० बर्षीया बृद्धा सम्बन्ध विच्छेदका लागि अदालतमा

१४ साउन, काठमाडौं ।भर्खर विवाह गरेका युवती मात्रै होईनन् मकवानपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि ७० बर्षीया वृद्धा समेत आएको भेटिएको छ ।श्रीमानको यातना सहन नसकेर एक ७० बर्षीया वृद्धा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि धाउँदै गरेको पाइएको हो ।

 २२ फागुन २०६९ मा हाँडीखोला २ की ७० बर्षीया माईलीमाया थिङ(नाम परिवर्तन) श्रीमानको यातनाले चरम रुप लिन थालेपछि अदालतको ढोका ढक्ढक्याउन लौरो टकेर भएपनि हेटौडा आईपुगेकी हुन् ।वृद्ध उमेरमा नातिनातिना हेरेर बस्नुपर्ने बेला श्रीमानको कुटपिट र गाली गलौज सहन नसकेपछि थिङले अंश लिएर छुट्टै बस्नुभन्दा सम्बन्ध विच्छेद गरेर छुट्टै बस्ने योजना बनाएकी हुन् ।

क्यान्सर र प्रेसरबाट पीडित माईलीमायालाई श्रीमानले मादक पदार्थ सेवन गरेर यातना दिएपछि झनै पीडा थपिएको राजधानी दैनिकले खबर छापेको छ ।

How about this Article

No comments:

Leave a Reply