एमाओवादीमा उम्मेदवार बन्ने होड
१४ साउन, काठमाडौं ।संविधानसभा निर्वाचनको तयारी र जनसम्बन्ध सुदृढिकरणका लागि एक महिने अभियान सुरु गर्न नपाउँदै एनेकपा माओवादीमा उम्मेदवार बन्ने लविङ सुरु भएको छ । चुनावमा टिकट लिन २ सय ४० ओटै क्षेत्रका सम्भावित उम्मेदवारहरुले आफ्नो पक्षमा लविङ थालेका हुन् ।
एमाओवादीले केन्द्रीय नेताहरुलाई नै आफ्नो कार्यक्षेत्र र सम्भावित निर्वाचन क्षेत्रभन्दा बाहिर पठाएर पार्टीको अवस्थादेखि अन्य प्रतिष्पर्धी पार्टीसम्मको यथार्थ विवरण ल्याउन र जनतासँगको सम्बन्ध विस्तार गर्न पठाएपछि सम्भावित उम्मेदवारहरुले आफ्नो पक्षमा वातावरण निर्माणका लागि लविङ थालेको एक नेतालाई उधृत गर्दै राजधानी दैनिकले खबर छापेको छ ।

No comments: