सुरक्षा समितिको बैठक बस्दै
१४ साउन, काठमाडौं ।संविधानसभा निर्वाचनका लागि सुरक्षा रणनीति बनाउन गृहमन्त्रीको अध्यक्षतामा आज सुरक्षा समितिको बैठक बस्ने भएको छ ।
गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, महानगरीय प्रहरी आयुक्त(एआईजी), पाँचवटै क्षेत्रीय प्रहरी प्रमुख लगायत उच्च सुरक्षा अधिकारीहरु सम्मिलित बैठकले चुनावलाई सक्दो निष्पक्ष र शान्तिपुर्ण बनाउनेबारे रणनीति तय गर्नेछ ।बैठकमा भाग लिन पाँचवटै क्षेत्रीय प्रहरी प्रमुख राजधानी आईसकेका छन् । बैठकमा उनीहरुले आ आफ्नो क्षेत्रको अवस्थाबारे अवगत गराउनेछन् ।

No comments: