Breaking News

कांग्रेसमा पनि सुरक्षा दस्ता

१४ साउन, काठमाडौं ।संविधानसभा चुनावमा मतदाता र कार्यकर्ता सुरक्षाका लागि नेपाली कांग्रेसले पनि अलग्गै सुरक्षा दस्ता तयार गर्ने भएको छ ।

सुरक्षा दस्ताका लागि कार्यकर्ता तहबाट व्यापक दबाव परेपछि यो विषयलाई पार्टी केन्द्रीय समितिको आगामी बैठकमा मुख्य अजेण्डाको रुपमा प्रस्तुत गरिने भएको छ ।

महामन्त्री कृष्ण सिटौलाले सुरक्षा दस्ता गठनका लागि कार्यकर्ता तहबाट सुझावसहित दबाब आईरहेको स्वीकार गरे । “मतदाता र बुथ सुरक्षाका लागि पार्टीले संस्थागत रुपमा नै संरचना बनाउनुपर्ने सुझाव आएको छ,” उनले भने,“कस्तो संरचना बनाउने भन्ने बिषयमा केन्द्रीय समितिमा छलफल गरी छिट्टै निर्णयमा पुग्छौं ।”
पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आईतबार आयोजना गरेको प्रशिक्षक प्रशिक्षणमा बोल्ने अधिकांशले सुरक्षा दस्ता गठन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले यस्तो संयन्त्र नभए चुनाव प्रचार प्रसार र मतदान गर्ने वातावरण बनाउन कठिन हुने धारणा राखेको अन्नपुर्ण पोष्टमा खबर छ ।

How about this Article

No comments:

Leave a Reply