Breaking News

यू–१६ उपाधिका लागि नेपालको भिडन्त भारतसँग

nepal cricket team
१५ साउन, काठमाडौ । यू-१६ साफ च्याम्पियनसिपको उपाधाधिका लागि आज नेपाल मैदानमा उत्रीदैछ । नेपालको युवा टोली उपाधिका लागि भारतको सामना गर्दै छ । नेपाली युवा टोली ऐतिहासिक सफलताका तयारी अवास्थामा छ ।नेपालको उमेर समूहमा भएको यो सबैभन्दा ठूलो उपलब्धी हो ।

 २० वर्षअगाडि १९९३ मा ढाकामा भएको छैटौं साफका दौरान नेपालको राष्ट्रिय सिनियर टिमले भारतलाई हराउँदै स्वर्ण पदक जितेयता नेपालले फुटबलमा कुनै पनि अन्तर्राट्रिय उपाधि उचाल्न सकेको छैन ।सन् १९९९ पछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । १९९९ मा काठमाडौंमा भएको आठौं साफका दौरान फाइनलमा नेपाललाई बंगलादेशले १–० ले पराजित गरेको थियो ।

लामो समयसम्म साफ च्याम्पियनसिपको समूह चरणमै सीमित भएको नेपाली राष्ट्रिय टिमले २०११ मा सेमिफाइनल यात्रा तय गरेको थियो भने विश्वकप छनोटको दोस्रो चरणसम्म पुग्न सफल भएको थियो । नेपालको सिनियर राष्ट्रिय टिम पनि साफ च्याम्पियनसिपको तयारीमा व्यस्त छ ।

How about this Article

No comments:

Leave a Reply