त्यसदिन प्रचण्डले झण्डै राजिनामा दिएका
१५ साउन,काठमाडौ। हेटौड महाधिवेशनबाट सर्वसम्मत चुनिएका एमाओवादी अध्यक्ष प्रचण्डले राजिनामा मनस्थिति समेत बनाइसकेका थिए। आज प्रकाशित अन्नपुर्णपोस्टमा लेखिए अनुसार प्रचण्डले खन्ना गार्मेन्टमा सम्पन्न विस्तारित बैठकको अन्त्यका दिन साउन ६ गते यसको खूलासा गरेका थिए।
प्रचण्डले बैठक समापनको दिन भावुक भन्दै अहिले सम्मको सवैको कमिकमजोरीको कारक आफू भएको भन्दै राजिनामा त मैले दिनु पर्ने हो, भनेका थिए।प्रचण्डले आफूले राजिनामा दिनु पर्ने कारण पनि व्याख्या गरेका थिए। उनले भने-'वस्तुगत र आत्मगत कारणले हामि अहिले जटिलता भित्र पुगेका छौ। यहाँसम्म आइपुग्दा हामिले केही क्षति, बलिदानी बेहोरिसकेका छौ। गएको केन्द्रिय बैठकमा पनि हामनिले असफलता र क्षति भोग्यौ। पार्टी संचरचना बनाउन सकेनौ ।
यो कमजोरीको जिम्मा मैले लिनु पर्थ्यो।'तर आफूले राजिनामा नदिनुको कारण पनि उनले सुनाएका थिए। 'यो ढंगले समस्या समाधान हुन सक्छ कि सक्दैन् ? अहिल पद त्याग गरौ संक्रमणकालको समस्या समाधान कसरी संभव छ ? जिम्मेवारीबाट पन्छिने स्थितिमा हामि छैनौ '

No comments: