Breaking News

कांग्रेसको प्रशिक्षक प्रशिक्षण आज सकिदै

congress flag१५ साउन, काठमाडौ । नेपाली कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज सकिदैछ । हिजो नै सक्ने तयार भएपनि लम्बिएकाले आज बिहान विशेष समारोहका साथ प्रशिक्षण सकिने कांग्रेसले जनाएको छ ।शनिबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा देशभरबाट ३ सयभन्दा बढी सहभागी छन् ।

आज बिहान समापन कार्यक्रममा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेलले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।आगामी संविधानसभा निर्वाचनको तयारी, सांगठनिक अवस्था र अन्य पार्टीसँग कांग्रेसको व्यावहारिक र सैद्धान्तिक सम्बन्धका विषयमा प्रशिक्षण दिइएको छ ।

पप्रशिक्षण कार्यक्रममा निर्वाचनमा मतदाताको सुरक्षा, मतदान केन्द्र र मतपेटिकाको सुरक्षा एवं प्रत्यक्ष र समानुपातिकमा पार्टीले उठाउने उम्मेदवार छनोटको विषयमा केन्द्रीय प्रशिक्षक र प्रशिक्षार्थीबीच छलफल भएको थियो ।सहभागीहरूले सुरक्षाका लागि तरुण दस्ता वा अन्य क्रियाशील कार्यकर्तालाई होलटाइमरका रूपमा खटाउनसमेत माग गरेका छ्न।

How about this Article

No comments:

Leave a Reply