Breaking News

सर्चका अतिरिक्त गुगलको विकल्प के छ ?

google logo१४ साउन, एजेन्सी । विगत केही समयमा गुगलले धेरै नै काम गरेको छ । सोसन नेटवर्किङ साइट गुगल प्लसमा नयाँ फोटो सफ्टवेयर हालेको छ, इन्टरनेट कनेक्टिभिटीका लागि एयर बलुन लन्च गरेको छ, शुल्क सहितको सङ्गीत सेवा सुरु गरेको छ, एक नयाँ स्मार्टफोनबाट ‘छेडखानी’ गरेको छ र आफ्नो म्याप्सलाई पुनः लन्च गरेको छ ।तर, जब कम्पनीले आफ्नो कमाइको बारेमा कुराकानी गर्दछ त्यतिबेला लगानीकर्ताले कम्पनीको सर्च इन्जिनको विज्ञापन कस्तो छ भन्ने कुरामा ध्यान दिनेछन् ।

यी सबै खोजहरु, परीक्षणहरुका लागि पैसा गुगल सर्चबाटै आउँछ । इन्टरनेट विश्लेषण प्रदायक स्ट्याटकाउन्टरका अनुसार जुन महिनामा बेलायतको डेस्कटप कम्प्युटरहरुबाट ९० प्रतिशत र मोबाइल फोनहरुबाट ९२ प्रतिशत चिजहरु गुगलमार्पmत् मात्र खोजिएको छ । यो यस्तो आँकडा हो, जसबाट कुनै पनि कम्पनीलाई डाह हुन्छ ।बिङ्गको कोसिसविश्वको आँकडा योभन्दा अझ धेरै छ । यद्यपि यसको आफ्नो घरेलु बजार अमेरिकामा यसको हिस्सा कम रहेको छ, जुन डेस्कटपमा ७८ प्रतिशत सर्च गरेको देखिन्छ ।

यसका अतिरिक्त चीन, रुस र दक्षिण कोरियामा पनि कम्पनी पछि परेको छ ।सर्च इन्जिन ल्यान्ड न्युज वेबसाइटका लागि लेख्ने प्राविधिक विश्लेषक ग्रेग स्टर्लिङ भन्नुहुन्छ– ‘एउटा समय थियो जतिबेला वास्तवमै गुगल राम्रो सर्च इन्जिन थियो, तर अब यसबारे बहस हुनसक्छ, यद्यपि गुगलको ब्रान्डको ताकत र कम्पनीको मोबाइल बजारमा जोडदार प्रवेशले आगामी समयमा अधिकांश बजारमा यसलाई अग्रणी बनाउने पक्का गरेको छ भने खबर आर्थिक अभियानमा छ ।’स्टर्लिङ भन्नुहुन्छ– ‘त्यसो त केही पनि निश्चित छैन तर रुस र एसियाका केही भागहरुका अतिरिक्त थप कुनै प्रतियोगीको सामान्य सर्चमा उल्लेखनीय हासिल गर्न सजिलो छ जस्तो लाग्दैन ।’यद्यपि अन्य कम्पनीहरुले अहिले पनि कोसिस गरिरहेका छन्, उनीहरुले भिन्न प्रकारका फिचर्स दिइरहेका छन् र अझ के भने यो प्रविधिको मूलभूत सिद्धान्तमा पनि विचार गरिरहेका छन् । हेरौं यस्ता केही वैकल्पिक सर्च इन्जिनहरु । स्ट्याटकाउन्टरका अनुसार माइक्रोसफ्टको बिङ्ग सर्च इन्जिन गुगलको सबैभन्दा ठूलो प्रतिस्पर्धी हो ।

यद्यपि यसको हिस्सामा विश्वको खोजको मात्र २० औं भाग आउँछ ।दुबैमा सबैभन्दा ठूलो फरक के हो भने बिङ्ग आफ्नो होमपेजको पृष्ठभूमिमा रङ्गीन तस्बिरहरुको प्रयोग गर्दछ भने महत्वपूर्ण स्थानहरुबाट सम्बन्धित लिङ्क पनि देखाउँछ । माइक्रोसफ्टले सोसल फिचर्ससँग पनि प्रयोग गरिरहेको छ ।अमेरिकामा बिङ्ग प्रयोग गर्नेहरुलाई किनारको एकातिर उनीहरुको फेसबुक साथी पनि देखिनेछ जसले खोजेको जानकारीहरुलाई मन पराउन सक्छ । यसका अतिरिक्त त्यस्तो ‘बोड्र्स’ पनि देखिनेछ– यस्तो तस्बिरहरु र लिङ्क जसलाई ब्लगर र अन्य विशेषज्ञहरुले छनोट गरेको हुन्छ ।

How about this Article

No comments:

Leave a Reply