Breaking News

गूगलको नयाँ ट्याब्लेट भारतमा

google tablet mobile१५ साउन, एजेन्सी । गूगल र नेक्ससले भारतको राजधानी नयाँ दिल्लीमा नयाँ ट्याब्लेट नेक्सस सेभेन सार्वजनिक गरेको छ । ट्याब्लेटको स्क्रिन पहिलेका संस्करणझैं ७ इञ्च भए पनि नयाँ फिचरका रूपमा स्पोर्ट्स फुल एचडी रेजोल्युशन (१९२०×१२०० पिक्सेल) समावेश गरिएको छ । मोटाइ करीब ८.७ एमएम मात्र रहेको ट्याब्लेटको वजन भने करीब ३०० ग्राम मात्र रहेको छ ।यो नेक्सस सेभेनको तुलनामा समेत कम हो ।

वाइफाईलगायत एलटीई भर्जनमा उपलब्ध वाइफाई भारतीय बजारमा भने एलटीईभन्दा थ्रीजीसहितको ट्याब्लेट निकालिने सम्भावना छ । साधारण ट्याब्लेटको मूल्य करीब २ सय २९ अमेरिकी डलर रहनेछ ।भारतमा यो ट्याब्लेट कहिलेदेखि उपलब्ध हुन्छ भन्ने मिति भने घोषणा भइसकेको छैन । नयाँ ट्याब्लेटको स्क्रिन रेजोल्युशन, स्लिम डिजाइन तथा भित्री हार्डवेयरमा समेत व्यापक सुधार तथा विकास गरिएको छ ।ट्याब्लेटमा क्वाडकोर प्रोसेसर, १ दशमलव ५ जीएचजेड स्न्याप, ड्र्यागन प्रो चिप र एड्रिनो ३ सय २० ग्राफिक चिप समावेश गरिएको छ । एण्ड्रोइड प्रडक्ट म्यानेजमेण्टका उपाध्यक्ष ह्युगो वाराका अनुसार पुरानो संस्करणको चिपको तुलनामा यसको प्रोसेसरले करीब ८० प्रतिशत तीव्र गतिमा कार्य गर्ने क्षमता राख्छ ।दृश्य सम्प्रेषणको गुणस्तरमा समेत ४ सय प्रतिशतले विकास गरिएको उनको भनाइ छ ।

यो उपकरणमा १६ जीबी आन्तरिक स्टोरेज र २ जीबी क्षमताको ¥यामको प्रयोग गरिएको छ । साथै ३२ जीबी आन्तरिक स्टोरेजसहितको उपकरण पनि उपलब्ध गरिने कम्पनीको भनाइ छ । यसको मुख्य क्यामेरा ५ मेगापिक्सेल र १ दशमलव २ मेगापिक्सेल क्षमताको क्यामेरा अग्रभागमा प्रयोग गरिनेछ ।यसैगरी गूगलले सानफ्रान्सिस्कोमा नेक्सस सेभेन सार्वजनिक गर्ने कार्यक्रममा आफ्नो नयाँ एण्ड्रोइड ४ दशमलव ३ जेलिबिनसमेत सार्वजनिक गरेको छ ।

How about this Article

No comments:

Leave a Reply