Breaking News

क्यान्सर पत्ता लगाउने चक्कु

cancer१५ साउन, एजेन्सी । क्यान्सर रोगका कारण बर्षेनी धेरै मानिसले ज्यान गुमाउने गरेका छन । समयमै पत्ता लाग्न सके क्यान्सर रोग निको हुने भएपनि धेरै मानिसहरू यसले सङ्क्रमण गर्न थालेपछि मात्र रोगको निदान तर्फ लाग्छ । कतिपय अवस्थामा क्यान्सरको उपचार गरेपछि यो पूर्ण रूपमा निको नभएको उदाहरण पनि छ । तर, अव भने त्यस्तो परिस्थितीको अन्त्य भएको अनुमान बैज्ञानिकहरुले लगाउन थालेका छन् ।


लण्डनको ईम्पेरियल कलेजका डा. जोल्टान टकाट्सले स्मार्ट नाईफको विकास गरेका छन् ।यो चक्कुले सर्जनलाई अपरेशनको समयमा सम्पुर्ण क्यान्सर सहितका तन्तु हटेको वा अझै बाँकी रहेको बारेमा जानकारी उपलब्ध गराउँछ । अपरेशनको समयमा सर्जनहरुले तन्तुलाई तताएर काट्न सघाउने चक्कुको प्रयोग गर्छन् । यो चक्कुले काट्ने बेलामा उत्पन्न धुँवा जाँचेर तन्तुमा क्यान्सर रहेको वा नरहेको जानकारी उपलब्ध गराउँछ । चक्कुले टिपेको धुँवाको तुलना विभिन्न धुँवाका प्रकारहरु सँग गरिन्छ ।यसको नतिजा चक्कुले सञ्चार गर्ने मनिटरमा देखाईन्छ । हरियो बत्ती बलेमा तन्तु स्वस्थ रहेको बुझिन्छ । त्यस्तै रातो बत्तीले क्यान्सर युक्त र पहेँलोले अनिश्चित भन्ने जानकारी दिन्छ । अनिश्चित भएको अवश्थामा तन्तुको नमुना चिकित्सकले हस्पिटलमा पठाउने गर्छन् ।

राम्रा हस्पिटलमा ३० मिनेटमा यसको नतिजा पाउन सकिन्छ । तर, कतिपय अवश्थामा विशेषज्ञपनि अन्यौलमा पर्छन् । यस्तो अवश्थामा भने चिकित्सकले आवश्यक मात्रामा केहि बढि भाग काट्ने गर्छन् । आजका मितिमा यसको मुल्य ३ लाख ८० हजार डलरको हाराहारीमा रहेको खबर आर्थिक अभियानमा छ । वैज्ञानिकहरु यसको मुल्य घटाउने प्रयासमा लागेका छन् । सन् २०१० देखि १२ सम्म आई पुग्दा बैज्ञानिकहरुले यसको प्रयोग ३ फरक अस्पतालका ३ सय २ विरामीमा गरिसकेका छन् ।तिनबाट तथ्याङ्क सङ्कलनका लागि दिमाग, छाती, कलेजो, फोक्सो र पेट लगायत अङ्गबाट नमुनाको सङ्कलन समेत गरिएको छ । ९१ जना विरामीमा ट्युमरको जाँच गर्ने क्रममा यसले सत्प्रतिशत ठिक नतिजा दिएको थियो ।

यो चक्कुको प्रयोग खराव रगत प्रवाह भएका तन्तु तथा तिनमा उपस्थित ब्याक्टेरिया पत्ता लगाउन समेत गर्न सकिने तकाट्सले बताएका छन् । यो प्रविधिले अनुमानका भरमा विरामीलाई क्यान्सरको अपरेसन गरिने परिपाटीबाट छुटकारा दिने विशेषज्ञहरुको भनाई छ ।

How about this Article

No comments:

Leave a Reply