Breaking News

गोर्खाल्याण्ड राज्य’ माग्दै दार्जिलिङ तेस्रो दिन पनि बन्द

gorkhalyand-final१६ साउन, काठमाडौ । भारतको पूर्वोत्तर नेपाली भाषी बाहुल्यक्षेत्र दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाको आह्वानमा गरिएको तीन दिने बन्दका कारण जनजीवन अस्तव्यस्त भएको छ । बन्दको तेस्रो दिन पनि मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्ड राज्यको मागबाट पछि नहट्ने दृढता व्यक्त गरेका छन् ।

पश्चिम बंगाल सरकारले आन्दोलनलाई मत्थर पार्न दमन गर्न सक्ने भन्दै उनले समर्थकहरुलाई सचेत रहन आग्रह गरे । गुरुङले हिजो बन्द लामो समय जानसक्ने भन्दै जनतालाई चाहिने खाद्यान्नको जोहो गरिराख्न अपील गरेका थिए ।उनले अब गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिष्ट्रेशन मात्र आफूहरुलाई मान्य नहुने भन्दै गोर्खाल्याण्ड राज्य नपाएसम्म आन्दोलन नरोकिने प्रष्ट्याएका जनाइएको छ ।

मोर्चाका अध्यक्ष गुरुङले गोर्खा जनमुक्ति मोर्चाको कार्यकारी पदबाट चाँडै राजीनामा दिने घोषणा समेत गरेका छन् । भारत सरकारले आन्ध्र प्रदेशबाट तेलंगानालाई अलग्गै राज्य बनाउने निर्णय गर्न लागेपछि मोर्चाले पनि लामो समयदेखिको गोर्खाल्याण्ड प्राप्तिको माग दोहो-याएको हो ।

How about this Article

No comments:

Leave a Reply