चीनले नेपाली सेनालाई के के दियो ?
चीनले नेपाली सेनालाई सञ्चार सामाग्री, अस्पतालको लागि आवश्यक अत्याधुनिक उपचार सामाग्री र विकास निर्माण सम्वन्धी सामाग्र दिने गरेको छ ।सेनाको तथ्याङकलाई आधार बनाएर नयाँपत्रिकाले आज प्रकाशित गरे अनुसार ।सन २००४ मा नेपालले सात करोड ७२ लाख सहयोग गरेको थियो ।
सन २००५ मा १२ करोड ३५ लाख रेडियो सेटको लागि दिएको थियो ।सन २००८ मा १२ करोड ३५ लाखनै इन्जिनियरिङ सामाग्रीको लागी दिएको थियो त्यसै गरि थप १५ करोड हेभी इन्जिनियरिङ सामग्रीको लागी भन्दै दिएको थियो ।
सन २००९ मा ३० करोड ८८ लाख हेभी इन्जिनियरिङ समाग्रीला लागि दिएको थियो ।सन २०११ मा चिनियाँ जनमुक्ति सेनका प्रमुख चेन विङदे नेपाल भ्रमण आएका बेला १ अर्ब ५४ करोड ४० लाख दिएको थियो भने तत्कालिन प्रधानसेनापति छत्रमान गुरुङ चीन भ्रमणमा जाँदा ७५ करोड ६५ लाखको सहयोगमा हस्ताक्षर भएको थियो ।र सन २०१३ आएर केही समय अघि भएको नेपाली प्रधान सेनापति गौरव शमसेर राणाको भ्रमणमा ९१ करोड ९ लाख ६० हजारको दुइवटा मोवाइल अस्पतालमा सहयोग प्रोटोकलमा हस्ताक्षर भएको छ भने नेपाली सेनालाई ७७ करोड २० लाख दिने पनि प्रतिबद्धता जनाएको छ ।

No comments: