Breaking News

मध्यरातमा रेग्मी र अमरेशकुमारको गोप्य वार्ता

khilraj१६ साउन,काठमाडौ। देखावटीरुपमजा चार दलले सरकारप्रमुख बनाएपनि खिलराजले प्राप्त गरेको ब्याकिङ र उनले दक्षिणका दुतहरुलाई नियमित गर्नु पर्ने ब्रिफिङको बाध्यता थाहा पाउनु भयो भने जेठ १८ मा दिन नेपाल भारतबिच गृहसचिव स्तरीय वार्तामा भएका गोप्यसहमतिहरुको पृष्ठभुमि सहजै अनुमान लगाउने सक्नु हुन्छ भन्दै आज प्रकाशति जनआस्था लेखिएको छ।

जनआस्थामा लेखिए अनुसार बाहिर देखिदा नेपाली कांग्रेसका हजारौ महासमिति सदस्यमध्यकै एक अमरेश कुमार सिंहसंघ अस्तिराती १३ गते सरकार प्रमुख खिलराज रेग्मीले लामो वार्ता गरे। करिव डैड घण्टा चलेको वार्ता राती ११ बजेसम्म चलेको थियो ।

त्यसको अघिल्लो दिनपनि यी दुइबिच साँझ ५ बजे देखी दुइ घण्टा वार्ता भएको थियो। । चार दलका करिब दर्जन नेतासंग समेत एक घण्टा बस्न खिलराजसंग समय छैन् तर अमरेश कुमार सिहंसंग यिनको घण्टौ घण्टा के कुरा हुँदो हो ?

How about this Article

No comments:

Leave a Reply