श्रीमतीले सम्बन्ध विच्छेद गर्न खोजेपछि
१६ साउन, पर्वत । सँगै जिउने र मर्ने कसम खाएकी श्रीमतीले आफूलाई छाड्न खोजेपछि श्रीमान्ले विष सेवन गरेर आत्महत्या प्रयास गरेका छन् ।पर्वतको बनौ गाविस वडा नं २ का ३७ वर्षीय दुर्गाप्रसाद पुर्जाले मंगलबार बिहान विष सेवन गरी आत्महत्या प्रयास गरेका हुन् ।श्रीमती उमा पुनले पर्वत जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा दिएकी छिन् । मुद्दाको टुंगो लाग्ने दिनमा पुर्जाले विष सेवन गरेका हुन्।
श्रीमान्–श्रीमतीका बीच बुधबार औपचारिक रूपमा सम्बन्ध विच्छेद गर्ने सहमति भएको थियो ।पुर्जाले कुस्माको दुर्लुङचोकस्थित एक होटलमा बसेका बेला बिहान विष सेवन गरेका थिए । विष सेवन गरेपछि वान्ता गरिहेको अवस्थामा फेला परेका पुर्जालाई उपचारका लागि पर्वत जिल्ला अस्पतालमा लगिएको थियो । उनलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र अवस्थामा सुधार आई सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले बताए ।
पुर्जाकी श्रीमती ज्योति भन्ने २५ वर्षीया उमा पुनले साउन ८ गते पर्वत जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा दर्ता गरेकी छन् भने खबर नेपाल समाचार पत्रले लेखेको छ । मुद्दा दर्ता गरेपछि केटाले सम्बन्ध विच्छेद गर्न नमानेको उनी निकट पारिवारिक स्रोतले जानकारी दिएको छ ।केटाको सम्बन्ध विच्छेदमा अनिच्छा भए पनि माइती र घर पक्षका मिलेर सोमबार छलफल गरी सम्बन्ध विच्छेद गर्ने सहमति गरेका थिए। सहमति गरेको भोलिपटल्नै पुर्जाले विष सेवन गरेका छन् ।

No comments: