Breaking News

भारतमा जन्मिएका व्यक्ति पाकिस्तानको राष्ट्रपति

Mamnoon Hussain१६ साउन, काठमाडौ ।महनुन हुसेन पाकिस्तानको नयाँ राष्ट्रपतिमा चुनिएका छन्। मंगलवार भएको मतदानमा हुसनेले प्रतिद्धन्दीलाई ठुलो अन्तरले हराएका थिए। सत्तामा रहेको नवाज शरिफको पाकिस्तान नेलशलन लिगले उनलाई समर्थन गरेको थियो।

मंगलवार उनले ४३२ मत पाएका थिए भने उनका एकमात्र प्रतिद्न्द्धी वाजीहुदिन अहमदले मात्र ७७ मत पाएका थिए। उनलाई इमरान खानको तहरिक ए इन्साफले समर्थन गरेको थियो।मुख्य प्रतिपक्षी दल पाकिस्तान पिपुल्स पार्टीले भने राष्ट्रपतिको निर्वाचन कार्यक्रमनै वहिष्कार गरेको थियो।महनुन हुसेन प्रधानमन्त्री नवाज शरिफ नजिका कपडा व्यवसायी मानिन्छन्।

उनि राष्ट्रपति भएपछि नवाज शरिफ थप बलियो भएको निष्कर्ष निकालिएको छ ।हुसेन आग्रामा जन्मिएका थिए, जुन हाल भारतको उत्तर प्रदेशमा पर्दछ। हुसेनका केही नाता सम्वन्धी आज पनि आग्रा छन् भने उनिहरुले हुसेनसंग फोनबाट सम्पर्क गर्ने गरेका छन् ।

How about this Article

No comments:

Leave a Reply