Breaking News

क्रिकेट एकेडमी सञ्चालन

१६ साउन, गौशाला । क्रिकेटप्रति युवाहरूको बढ्दो आकर्षणका कारण महोत्तरी जिल्लामा क्रिकेट एकेडमी सञ्चालन गरिएको छ ।

जिल्ला क्रिकेट सङ्घ महोत्तरीले जिल्लाका इच्छुक युवाहरूका लागि क्रिकेटप्रेमी स्वर्गीय नरेश सिंहको नाउँमा एन.एस. क्रिकेट एकेडमी सञ्चालन गरेको सङ्घका अध्यक्ष रोशन सिंहले बताए ।रु. तीन लाख ७० हजारको लागतमा सङ्घले क्रिकेट खेलका लागि आवश्यक सरसामानका साथ एकेडमी सञ्चालन गरेको हो । जिल्लाको २० वर्षे क्रिकेट खेलको इतिहासमा पहिलोपटक सञ्चालन भएको क्रिकेट एकेडमीमा प्रवेश निःशुल्क रहेको छ भने मासिक शुल्क रु. ५०० रहेको सङ्घले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष हरिप्रसाद मण्डलले मङ्गलबार एकेडमीको उद्घाटन गर्नुभएको थियो भने एकेडमी सञ्चालन भएको पहिलो दिनमै ६५ जना युवाले प्रवेश पाइसकेका छन् । एकेडमीले यसै सातादेखि प्रशिक्षण सुरु गर्ने जनाएको छ ।

How about this Article

No comments:

Leave a Reply