नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि श्रीलंका जाँदै
श्रीलंकामा रहँदा नेपाली टोलीले दुई हप्ता प्रशिक्षण लिने र केही मैत्रिपूर्ण अभ्यास म्याच खेल्ने बताईएको छ । श्रीलंकामा प्रशिक्षण सकाएर नेपाली टोली सिंगापुर प्रस्थान गर्नेछ ।सिंगापुरमा भाद्र १ गतेदेखि हुने प्रतियोगितामा आठ टोली सहभागी हुने छन् । नेपाल रहेको समूह ‘ए’ मा अफगानिस्तानसँगै टेस्ट मान्यता प्राप्त राष्ट्रहरु भारत र पाकिस्तानको २३ वर्षमुनिको टिम रहेका छन् ।
त्यसैगरी समूह ‘बी’मा आयोजक सिंगापुर र युएईसँगै श्रीलंका र बंगलादेशका २३ वर्षमुनिको टिम रहेका छन् ।नेपालले आफ्नो पहिलो खेल भाद्र १ गते अफगानिस्तान विरुद्ध सिंगापुर क्रिकेट क्लवमा खेल्नेछ ।

No comments: