नेपाल एथलेटिक्समा प्रतिबन्धित
१७ साउन,काठमाडौ। अन्तराष्ट्रिय एथलेटिक्स महासंघले नेपाललाई एथलटिक्स खेलमा प्रतिबन्ध लगाएको छ।महासंघले नेपालको अन्तराष्ट्रिय मान्यता प्राप्त एमेच्योर एथलेटिक्स संघलाई निलम्बन गरिदिएको हो।
यो प्रतिबन्धसंघ नेपालले कुनै एथलेटिक्सको कुनै पनि अन्तराष्ट्रिय खेलमा सहभागी हुने पाउने छैनन्।नेपालमा दुइवटा एथलेटिक्स क्रियाशिल छन्। निलेन्द्रराज श्रेष्ठ नेतृत्वमा रहेको नेपाल एथलेटिक्स संघलाई राष्ट्रिय खेलकुँद परिषदको समर्थन छन भने रुक्म शमसेर राणा नेतृत्वको एमेच्योर एथलेटिक्स संघलाई अन्तराष्ट्रिय एथलेटिक्स महासंघले समर्थन गर्दै आएको थियो। नेपालमा भएको यही विवादलाई आधार बनाएर महासंघले राणा नेतृत्वको संघलाई दिएको मान्यता पनि फिर्ता लिइदिएको हो।
महासंघले पठाएको पत्रमा यसै महिनामा रुसमा आयोजना हुने चौधौं विश्व एथलेटिक्स च्याम्पियनसिप सकिएपछि नेपाली एथलेटिक्सभित्र देखिएको विवाद छानविन गर्ने 'फ्याक्ट फाइन्डिङ मिसन' पठाउने कुरा उल्लेख छ।नेपालले विश्व एथलेटिक्स च्याम्पियनसिपमा सहभागित नजाउने निर्णय यस अघनि नै गरिसकेको छ।

No comments: