१२ वर्षपछी करिनाले ऋतिकसंग रोमान्स गर्ने
१२ वर्ष अघि सन २००१ मा ऋतिक र करिना चलचित्र 'यादे' र 'कभी खुसी कभि गम'मा देखिएका थिए । त्यस यता उनिहरुले संगै काम गरेरन तर दुवैले बलिउडमा शान्दार करियर भने बनाए ।हाल चर्चित निर्माता निर्देशक करण जोहरले उनहुरुलाई एउटै चलचित्रमा अनुबन्धन गराएका छन् । 'शुध्धी' नाम दिएको यो चलचित्रमा काम गर्न उनिहरु खूसी साथ तयार भएका थिए।यो चलचित्र प्रेमकथामा आधारित भएको जोहरले बताएका छन्।
चलचित्र पुनर्जन्मको कथामा आधारित रहेको छ ।चलचित्रलाई करण मलहोत्राले निर्देशन गर्नेछन् । १२ वर्षपछी करिना र ऋतिक संगै देखीने खवरले उनिहरुका प्रशंसकहरु भने खुसी छाएको छ ।

No comments: