Breaking News

मधेशीले प्रचण्ड पत्याएनन, एमाओवादीलाई झड्का

Prachanda angry mood१७ साउन,काठमाडौ। संयुक्त लोकतान्त्रिक मधैशी मोर्चाले एमाओवादीसंग चुनावी तालमेल गर्ने इन्कार गरेको छ। मोर्चाको बुधवार बसेको बैठकले यस्तो निर्णयमा सहमति गरेको छ।

मोर्चाको बैठकमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, फोरम गणतान्त्रिक र तपलोपा नेपालका नेता सहभागी भएका थिए।बैठकमा मधेशी मधेशी दलबिच नै चुनावी तालमेल हुनु पर्ने निष्कर्ष निकालिएको थियो।यसका साथै एमाओवादीले नेतृत्व गरेको संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनबाट पनि मधेशी मोर्चा अलगा हुने निर्णय भएको बुझिएको छ ।

बाबुराम भट्टराई नेतृत्वमा सहभागी मधेशीमोर्चा सहितका दलहरु एमाओवादी नेतृ्त्वको गठबन्धनमा सहभागी भएका थिए। केही दिन अघि मात्रै अध्यक्ष प्रचण्डले हालको गठबन्धनलाई चुनावसम्म लैजाने बताएका थिए। तर मधेशी मोर्चाका केही नेताले एमाओवादीले मधेशी दललाई आफ्नो स्वार्थ अनकुल प्रयोग गर्ने गरेको आरोप लगाएका थिए।

मधेशी मोर्चाले चुनावकै मुखमा आएर गरेको यस्तो निर्णयले प्रचण्ड र एमाओवादीलाई बने तनावमा पारेको छ।

How about this Article

No comments:

Leave a Reply