Breaking News

रेग्मीले अमेरिका जान खुट्टा उचाले

khilraj१७ साउन,काठमाडौ। मुलुकमा जारी अन्यौलमा र संभावित चुनावको मुखैमा मन्त्रिपरिषका अध्यक्ष खिलराज रेग्मीले अमेरिका जाने तयारी गरेका छन्।

संयुक्त राष्ट्रसंघको ६८ औं महासभालाई सम्वोधन गर्ने उनि नेपाली टोलीको नेतृत्व गर्ने अमेरिका जान लागेको स्रोतले बताएको छ ।मन्त्रिपरिषदका अध्यक्षको रुपमा यो रेग्मीको पहिलो विदेश भ्रमण हुनेछ। उनि असोजको पहिलो साता तयारीमा रहेको परराष्ट्रको उच्चस्रोतले बतायो। त्यसको लागि परराष्ट्रले होटेल बुकिङ लगाएको प्रकिया मिलाउन थालेको छ हरेक वर्षको सेम्टेम्वको तेस्रो मंगलवार देखि राष्ट्रसंघको नियमित महसभा शुरु हुन्छ।

रेग्मीको अमेरिका जाने टोली १० सदस्यीय हुने र टोलीमा परराष्ट्रमन्त्रि माधव प्रसाद घिमिरे, परराष्ट्रसचिव, शिष्टाचार महापाल, राष्ट्रसंघ महाशाखा प्रमुख लगाएका हुनेछन्। भविष्यमा कुनै भवितब्य आइनपरे रेग्मीको महासभामा भाग लिन जाने पक्का मानिएको छ।

How about this Article

No comments:

Leave a Reply