लापरबाहिको कारण सफल गाविसलाई असफलको सुचिमा
कमल खत्री
म्याग्दी साउन, १७ गते । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको लापरबाहिको कारण न्युनतम सर्तमापन मुल्याङ्कनमा सफल यहाँको एक गाविसलाई असफलको सुचिमा राखीएको छ ।
म्याग्दीको शिख गाविस न्युनतम सर्तमापन मुल्याङ्कनमा सफल भएपनी स्थानीय निकाय वित्तिय आयोगको सचिवालयले हालै सार्वजनीक गरेको आर्थिक वर्ष २०६८÷६९ को न्युनतम शर्त मापनको नतिजामा असफल गाविसको सुचिमा राखीएको हो ।
न्युनतम सर्तमापन मुल्याङ्कनकर्ताले गरेको न्युनतम शर्त मुल्याङ्कन र स्थानिय निकाय विक्तिय आयोगले गरेको गुणस्तर सुनिश्चितता परिक्षण मुल्याङ्कनको नजितामा समेत शिख गाविस सफल भएपनी मन्त्रालयको लापरबाहिको कार ण असफल गाविसको सुचिमा राखीएको शिख गाविस सचिब तारानाथ सुवेदीले बताउनुभयो । विक्तिय आयोगको सचिबालयले जिविस मार्फत गाविसलाई मिति २०६९ ÷११ ÷२४ गते पठाएको पत्रमा समेत शिख गाविस सफल भएको उल्लेख भएपनी अहिले मनत्रालयले सार्वजनिक गरेको नतिजामा शिख गाविसलाई असफल गाविसको सुचिमा राखेको गाविस सचिब सुवेदीले जानकारी दिनुभयो ।
राज्यको जिम्मेवार निकायबाटै गलत सुचना प्रकासन हुँदा जनतामा भम्र सृजना गरेको भन्दै तत्काल त्रुटीलाई सच्चाउन राम्चे गाविसका सरोकारवालाले माग गरेका छन् । सफल गाविसलाई असफल गाविसको सुचिमा राखेको पाएपछी त्रुटी सच्याउन मन्त्रालयमा जानकारी गराएको जिविस म्याग्दीका सुचना अधिकृत पदम भण्डारीले मेरोजिल्ला डट कम लाई बताउनुभयो । जिविस म्याग्दीले भने न्युनतम सर्त मापनमा कुल एक सय अंकमा ६६ अंक प्राप्त गरेको छ भने बाबियाचौर र ज्यामरुककोट गाविस असफल भएका छन् ।
कार्यालयबाट सम्पादन हुने काम, सेवा प्रवाह, वित्तिय व्यवस्थापन, स्रोत परिचालन, पारदर्शीता लगायत विभिन्न आठ वटा सूचकलाई आधार बनाएर गरि एको मूल्याङ्कमो आर्थिक बर्ष २०६७÷६८ मा ५७ अङ्क पाएको जिविसले ० ६८÷०६९ मा ९ अंक बढी ६६ अङ्क प्राप्त गरेको हो ।

No comments: