Breaking News

म्याग्दीमा ६० लाख पर्यटन रोयल्टी प्राप्त

कमल खत्री ÷म्याग्दी
असार, २५ गते ।
म्याग्दीमा आर्थिक बर्ष सकिनै लाग्दा ६० लाख रुपैयाँ पर्यटन रोयल्टी आएको छ । जिल्लामा विगत केही बर्षदेखीको ९० लाखको हाराहारीमा रोल्यटी आउन बाँकी रहेपनि लामो समयको मेहनेतले ६० लाख रुपैयाँ रोयल्टी प्राप्त भएको स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले जानकारी दिए । जिल्लामा तीन बर्षदेखि रोयल्टी नआउंदा त्यससंग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरु प्रभावित बनेको थियो 
तीनबर्षदेखि जिल्लामा पर्यटन संग सम्बन्धित योजनाहरु अलपत्र बनेका थिए । जिल्लाले पाउनुपर्ने सवै रोयल्टी नपाएपछी ६० लाख रुपैयाँ प्राप्त भएकाले केही राहतको महसुस गरिएको शर्माले बताए । उनका अनुसार प्राप्त रोयल्टी बापतको रकमलाई प्राथामिकताको आधारमा बजेट विनीयोजन गरि पर्यटन विकासमा खर्च गर्ने योजना बनाईएको छ ।
रोयल्टीका लागि जिल्लास्तरबाट राजनैतिक दल, सरोकारवाला र स्थानीयबासीले पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पटक–पटक माग पत्र पेश गरेका थिए । दर्जन बढी हिमश्रृङखला, घोरेपानी, पुनहिल, अन्धगल्छी, रुप्से झरना, धौलागिरी आधार शिविर, तातोपानीकुण्ड, खोप्रालेक लगायत विभिन्न पदमार्गमा स्थानीय जातजातिको परम्परागत कला संस्कृतिको अध्ययन र भ्रमणका लागि जिल्ला बार्षिक ५० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको तथ्याङक छ ।
स्थानीयबासीलाई पर्यटन मैत्री वातावरण सिर्जनाका लागि चेतनामुलक तालिम, पदमार्गको मर्मत, नयाँ पदमार्गको खोजी र विस्तार, पर्यटकीय संभावना बोकेका धार्मिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार, विभिन्न क्षेत्रमा होमस्टे तालिम र कार्यक्रम सञ्चालनमा उक्त रकम खर्च गरिने जिविसले जनाएको छ । रोयल्टी प्राप्तभएपछि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न सजिलो भएको स्थानीय विकास अधिकारी शर्माले जानकारी दिए ।

How about this Article

No comments:

Leave a Reply