सूर्य चुरोट देखि ब्राउन सुगरसम्म
सन्दिप खत्री(प्रविण)
“भनिन्छ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ यदी रोग लागि हाले पनि समयमै उपचार गर्नु पर्दछ नत्र भने जिवन बर्वाद हुन्छ” । मेरो पनि त्यस्तै एक जना मान्छेसँग भेट भएको थियो जो विगत पाँच वर्ष लागु पदार्थ औसत सेवन गरिरहेको थियो र अहिले लागुपदार्थ सेवन छोडेर साधारण मानिसको जिवन जिउन थालेको छ “मनले चाहेमा हरेक कुरा सम्भव छ असम्भव भन्ने करा मुर्ख डायरीमा मात्र हुन्छ” भन्ने कुरालाई चरितार्थ गर्दै आफ्नो गल्ती र गलत बाटो हिडेको महसुस भए पछि अहिले बाटो सच्चाएर अगाडि बढेको छ । मैले उसँग उसका विगतका बारेमा संवाद गरेको थिए र लाग्यो उसको यो कुरा बाहिर ल्याउन सकियो भने उ जस्ता हजारौँ युवाहरुका लागि प्रेरणाको स्रोत पनि वन्न सक्छ। उसँग गरेको कुराकानी उसैको शब्दमा यहाँ प्रस्तुत गरेको छु ।
“मेरो नाम सोमेस (परीवर्तीत नाम) हो । मेरो उमेर २० वर्ष भयो र अहिले मात्र मैले एस.एल.सी पास गरेको छु । कक्षा ११ मा पढ्नको लागि तयारी गर्दैछु । र मलाई याद छ त्यो विगत जस्ले मलाई आज यहाँ पु¥यायो त्यहि घटनाले कहिले रुहाउछ त कहिले हसाँउछ प्रविण दाई ।
जति बेला म कक्षा ७ मा पढ्दै थिए । विहिबारको दिन थियो एक बजेको ब्रेक टाईममा हामी चार जना साथीहरु खाजा खानको लागि बाहिर आयौ । हामी एकदमै मिल्ने गथ्र्यौ । मेरा साथीहरुले लुकि लुकि चुरोट खादा रहेछन् । त्यो दिन पनि एक जना साथीले खल्तीबाट सूर्य चुरोट निकाल्यो र सल्कायो म एक छिन त दंग परे पछाडि मलाई पनि खा भन्न थाले म अक्क मक्क परे पछि सवै साथीले कर गरे पछि खाईदिए । पहिलो चोटि खादा त घाटी नै थुनीयो तर पछाडि विस्तारै सवै ठिक हुन थाल्यो । त्यस पछि हामी दिनका दिन चुरोट खान थाल्यौ । पहिले पहिले स्कुलमा गए पनि खाली समयमा बाहिर गएर खाने गथ्र्यौ । तर पछाडि त विस्तारै स्कुल जान पनि छाड्यौ गाजा र चुरोट खान थाल्यौ । गाउँ–गाउँमा गएर साथीहरुले गाजा लिएर आउथे र हाम्रो जक्सन भनेको कहिले म्याग्दी खोलाको किनारमा त कहिले कालीखोलाको किनारमा हुने गथ्र्यो” यति भन्दै गर्दा उसको अनुहारमा एउटा अनौठो दृश्य देखा परेको थियो ।
उसले थप्दै गयो “यस्तैगरी हाम्रा दिन वित्दै गए । औषध सेवनको लागि पैसा चाहिने म घरको कान्छो छोरा भएकाले होला बाबा आमाको माया ज्यादै पाउथे र घरबाट पैसा पनि दिन्थे । साहेद लाग्छ त्यहि मायाँले म विग्रेको हुँ । हाम्रो ड्रगसको आईटम बड्दै गयो । अनि गाजा,अत्तर, चरेस, कोकिन, हिरोइन, ट्यावलेटहरु हुदै उच्च डोजको औषधीसम्म प्रयोग ग¥यौ । खल्तीमा पैसा नहुने कहिले कसरी त कहिले कसरी पैसा जम्मा गर्दै लागु पदार्थ सेवनको सिमा उच्च भयो । साहेद त्यति बेला किन त्यसरी लागु औषध दुव्र्यसनीमा फसीयो भन्ने थाहा छैन यद्यपी मनमा भएका टेनसन हटाउन त्यसले सहयोग गर्दाे रहेछ ”। यति भन्दा उसको मनमा खुसी र आन्नदको भाव देखिन्थ्यो ।
साच्ची प्रविण दाई आफ्नो बाबा आमा परिवार प्रेमीका दाजु भाई यो सारा दुनियाँ सवैलाइ भुलाउने रहेछ । मात्र आनन्द लागेर आउने तर त्यहि आनन्दमा जिन्दगी समाप्त भएको थाहा नपाइने । मलाई याद छ लागु औषध खाएर चार दिनसम्म कोठामा भात नखाई सुतेको । त्यसरीनै करीव मैले लागु औषध प्रयोग गरेको तिन वर्ष जति भएको थियो ।
एक दिनको कुरा हो साथीहरुसँग बसेर मादक पदार्थ खाइयो याद छ २८ गिलास मादक पदार्थ सेवन गरेको थिए मैले अनि घरमा गए । आमाले ढोका खोल्नु भयो । साहेद मेरो मुखबाट गन्ध आएछ क्यारे नआओस पनि कसरी त्यत्ति धेरै रक्सि धोकेर आएको थिए । आमाले पहिलो पटक के खाइस भन्नुभयो मैले केहि पनि होइन आमा भनेर खाना नखाइ कोठामा गएर सुतिदीए । सम्भवत खाना खाएर सुतेको भए आमाले थाहा पाउनु हुन्न थियो होला । बेलुका त केहि पनि भन्नु भएन भोलि पल्ट विहानमा गर्नु गाली गर्नु भयो । म चुपचाप सुनिरहे भन्न पनि के सक्थे किनकी गल्ति मेरै थियो । ”
अनि था छ प्रविण दाई “त्यसपछि घरपरिवारबाट निकै निगरानी हुन थाल्यो । भनिन्छ सानै देखि लागेको बानी सिस्नो पानी लाउदा नी नजानी भने जस्तै झन झन लागु औषधको प्रयोग बढ्न थाल्यो । परिवारको कुरा सुन्न छाडियो । मात्र याद आउथ्यो त्यही निष्ठुरी लागु औषधको जस्ले जिन्दगी बर्वात पारिरहेको छ । कहाँ छ कस्ले लिएर आउछ । मात्र यत्ति ध्यान हुन्थ्यो कति बेला साथीहरु भेटु र सुरु गरौ । अनि त्यसपछि सवैले थाहा पाउन थाले मेरो बारेमा र घरबाट बाहिर जान बन्देज लाग्यो । साथीसँग भेटन रोकियो
अनि नि प्रविण दाई भनिन्छ “खाने मुखलाई जुगाँले छेक्दैन” त्यस्तै भयो राति झ्यालबाट हाम फालेर साथीहरु भेट भएर पनि ड्रग्स प्रयोग गरियो । यति गर्दा पनि मेरो बानि सुध्रीएन अनि त्यसपछि साथीहरुले काठमाण्डौबाट पाटीसँग ब्राउन सुगर मगाएका रहेछन् । मसिनो धुलो हुँदो रहेछ है त्यसलाई पनि प्रयोग गरीयो । याद नै छैन कि कति प्रयोग भन्ने कुरा त हामीसँग बेनी बजारका धनाड्य व्यक्ति छोरादेखि लिएर गरिव जो दिनमा मजदुरी नगरी खान पुग्दैन ती सवैका छोराहरुको जमघट थियो । मलाई कस्तो पश्चताप लाग्छ यार प्रविण दाई त्यो दिन सम्झीदा उसको अनुहारमा पश्चतापका रेखाहरु दौडिरहेका थिए ।
यसरी हाम्रो नसाको सिमा बढदै गयो । अव मात्र हामीले सुई प्रयोग गरेका थिएनौ नत्र भने अरु सवै आइटम प्रयोग गरिसकेका थियौ । अव सिरीन्ज ल्याउने भनेर साथीहरुको विचमा सल्लाह हुदै थियो । ज्यान दिनदिनै घट्दै थियो । खाना मन पनि नलाग्ने न निद्रा लाग्ने मात्र कता जाउ र के गरु कता बाट औषधी सेवन गरु मात्र दिमागमा यस्ता कुरा खेलिहन्थे । लागु औषधको प्रयोग विना आधा घण्टा पनि वस्न नसक्ने भएको थिए । हाम्रा साथीहरुलाई प्रहरीले विभीन्न ठाउबाट पक्रिरहेको थियो । मलाइ भने भाग्यवस म एक पटक पनि प्रहरीले पक्रन सकेन ् । प्रविण दाई अहिले लाग्छ त्यो मेरो लागि बरदान नै हो कि प्रहरीले नसातोस भन्ने । उसको अनुहारमा खुसीको आभाष प्रकट भएको थियो ।
एक दिनको कुरा हो प्रविण दाई । म विहानै उठेर मुख धुन जादाँ मेरो मुखबाट रगत पो आयो । त्यसपछि म झसङ्ग भए मेरो होस हवास उड्यो । अनि कोठामा आएर सोच्न थाले । अव यसरी हुदैन मैले यो क्षेत्रबाट हात झिक्नै पर्छ । अनि सोचे के मेरा बाबा आमाले मलाई यसैको लागि जन्म दिएका हुन त । त्यसमाथि पनि प्रहरीले खोज्दै हिडेको थियो । सोचे यदी प्रहरीले समात्यो भने मेरो र मेरो परिवारको इज्जत के होला ?उसको अनुहार मलिन थियो
परिवारबाट मलाई सुधार्नका लागि सुधारकेन्द्रमा जाने कुरा चलिरहेको थियो घरमा मैले सोचे म त्यहाँ पनि जान्न किन भने भोली समाजले यो त यसरी आएको भनलान भन्ने लाग्यो । र म आफै प्रतिबद्ध भएर सोचे म घरमै बसेर यो नसाबाट बाहिर आउछु । म एक ख्रिस्टीयन पनि हुँ । त्यसैले प्रभुको साथ पाउछु भन्ने लाग्यो र अठोट गरे । मैले एक आफ्नो भविष्यलाई सम्झे कि यहि तालले मेरा बाबा आमाको सपना पूरा गर्न सक्छु त । मेरो पनि आफ्नै भविष्य छ जिन्दगी छ । अनि म जस्ता गरिवको कोखमा जन्मीएको मान्छे धनीबाउका छोराहरुको सँगतमा लागेर मेरै भविष्य वर्वात गरेको थाहा पाए । त्यसपछि अठोट गरे एक चोटीमा छोड्न भने गाहे भयो । पहिले दिनमा नन स्टप खान्थे पछि विस्तारै घटाउदै लगे र करीब पाँच महिनामा त पुरै छोेडे तर सूरुमा त निकै गाहे भयो । तलपल तलपल हुँने मान्छे देखे पनि रिस मात्र उठ्ने रहेछ । वरीपरि कोहि आयो भने पनि मन नपर्ने । यसरी बल्ल बल्ल नसाबाट मुक्त भए पछि परिवारमा पनि खुसी छाउन थालेको छ । उसको अनुहारमा खसी भरिएको थियो ।
प्रविण दाई “ अहिले त म विबाह गरी बसेको छु । पढ्न पनि शूरु गरेको छु ”। उसले जो कुलतमा लागेका छन् ति सवैलाई आग्रह पनि गरेको थियो “म मात्रै होइन सवै साथिहरुलाई पनि म के आग्रह गर्न चाहन्छु भने हामी कुलतमा लागेर आफ्नो भविष्य वर्वात नगरौँ । आफ्नो बाबा आमाले हामीमाथी गरेको अपेक्षा र देखेको सपनालाई पूरा गर्नु हाम्रो दायीत्व हो । त्यसैले यो कुलत भनेको त सकेसम्म त कसैले पनि प्रयोग गर्नु हुदँन नत्र भने पनि जस्लाई केहि कुराको वास्ता छैन् पैसावाला छ त्यस्तो व्यक्तिले मात्र प्रयोग गर्छन् कुलतबाट मुक्त भएर आफु र यो राष्ट्र निर्माणमा लाग्नु हामी सवैको कर्तव्य हो जस्तो लाग्छ प्रविण दाई। ” उसले यति भन्दै गर्दा मलाई पनि एउटा नयाँ उर्जा थपिएको आभाष भएको थियो । कि सवै व्यक्तिहरु जो गलत बाटोमा हिडेका छन् ति सवैमा यस्तो विचार आएर सहि बाटोमा हिड्ने हो कसैले नराम्रो नियति बोक्नु पर्दैन् ।
त्यसैले कुलत र लागु औषध दुव्यसन भनेको हाम्रो समाज र जीवनको अवरोध हो । नसाले मान्छेको जिवनलाई खाडलमा हालि दिन्छ । समयै बिचार पु¥याएर अगाडि बढ्न सकेमा एउटा असल नागरिक बन्न सकिन्छ । मैले आशा गरेको छु कि यो लेख पढेपछि जो जो साथीहरु कुलतमा लाग्नु भएको छ सवै साथीहरु आजै बाट आफ्नो कमजोरी र गल्ती महसुस गरेर अगाडि बड्ने प्रेरणा मिल्नेछ ।

No comments: