एकैवर्षमा १६ हजार नेपाली महिला विदेशिए
अफगानिस्तान जस्तो सुरक्षाको दृष्टिले
संवेदनशील मुलुकमा समेत यस वर्ष २ जना नेपाली महिला रोजगारीका लागि गएको
सरकारी तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी महिलाहरु संयुक्त अरब इमिरेट्स
-युएई) मा गएका छन् । तथ्यांकअनुसार यस वर्ष युएईमा ५ हजार ६ सय ८६ नेपाली
महिलावैदेशिक रोजगारीका लागि गएका छन् ।
यसैगरी यो वर्ष नेपाली महिलाहरुको दोस्रो
गन्तव्य मलेसिया बनेको छ । मलेसियामा यसवर्ष ४ हजार ६ सय ९७ महिला थपिएको
वैदेशिक रोजगार विभागको तथ्यांकलाई आधार मान्दै आर्थिक सर्वेक्षण
पुस्तिकामा उल्लेख गरिएको छ ।
यो वर्ष कुन देशमा कति नेपाली महिला ?
पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक
वर्षमा कतारमा ५ सय ८२, साउदी अरबमा २ सय ८३, कुवेतमा ३४ सय ८ र बहराइनमा ५
सय ६५ नेपाली महिलाहरु रोजगारीका लागि पुगेका छन् । त्यसैगरी ओमनमा ६ सय
८३, दक्षिण कोरियामा १ सय ५१ र लेवनानमा १ सय ५८ महिला कार्यरत रहेको
सरकारी तथ्यांकमा उल्लेख छ । त्यसैगरी यसवर्ष इजरायलमा २९ महिला मात्रै
रोजगारीमा गएको रोजगार विभागको तथ्यांकले देखाएको छ । जापानमा १ सय १ र
अन्य मुलुकमा ३ सय ६८ जना नेपाली महिला कामदार रहेका छन् ।
सरकारी तथ्यांकमा बैधानिक प्रक्रियाबाट
गएका नेपालीहरुको मात्रै विवरण उल्लेख हुने भएकाले अन्यु मुलुक हुँदै वा
अवैधानिक तरिकाले विदेशमा काम गर्न गएकाहरुको विवरण यसमा देखिँदैन । यो
अवस्थामा यसवर्ष विदेश जाने नेपाली महिलाको संख्या बढ्नसक्ने देखिन्छ ।
सरकारी तथ्यांक अनुसार पछिल्लो आर्थिक
वर्षमा २ लाख ७६ हजार ७ सय ८७ जना नेपाली रोजगारीका लागि विदेशिएका छन् ।
यी मध्ये १६ हजार महिला छन् भने बाँकी २ लाख ६० हजार ७४ जना पुरुष रहेका
छन् ।

No comments: