बोलबमको भेषमा कमल थापाले भने- राजतन्त्र फर्किन्छ
गेरु बस्त्र र रुद्राक्षको माला लगाएर
बोलबम भन्दै सोमबार धरानको पिण्डेश्वर मन्दिरमा बोलबम आएका थापाले पत्रकार
सम्मेलनमा संविधान निर्माण भएपछि राजतन्त्र र गणतन्त्रको टुङ्गो लगाउने
भनिएको बताउँदै संविधान नै नबनेको अहिलेको अवस्थामा गणतन्त्र र राजतन्त्रको
हैसियत एकै रहेको दाबी गर्नु भयो ।
तत्कालिन अवस्थामा जनताले राजा हटाउन
नचाहेको उल्लेख गर्दै उहाँले राजालाई एम्बुसमा पारेर गद्दी छाड्न बाध्य
बनाइएको तर्क गर्नु भयो । पिण्डेश्वर बोलबममा आफनो पार्टीका
कार्यकर्ताहरुले हिन्दु राष्ट्रका लागि शुरु गरेको हस्ताक्षर अभियानलाई साथ
दिन आएका थापाले राजनीतिक दलहरुको बाह्र बुँदे सहमतिमा कही पनि गणतन्त्र
उल्लेख नगरिएको बताउँदै राजा हटाउने विषयमा असंवैधानिक र विवादास्पदरुप
लिएको अवस्थामा राजालाई हटाएको आरोप लगाउनु भयो ।

No comments: