प्राचीनकाल देखी प्रयोग गरिदै आएको ‘नेचुरल ट्रयाक’ मा लोकमार्ग बनाउन माग
पर्वत २०७० साउन २२ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्लाहरुका
बासिन्दाले सयौ बर्ष पहिले देखि नै भारत संगको सम्पर्कका लागि प्रयोग गर्दै
आएको प्राचीन मार्ग ‘नेचुरल ट्रयाक’ को रुपमा रहेकाले बेनी– मिर्मी–
सुनौली भएर लोकमार्ग निर्माण गर्नुपर्ने माग गरेका छन ।
कालीगण्डकी नदीको तिरैतिर मिर्मी र पाल्पा हुँदै पुरानो बटौली(बुटवल) सम्म ब्यापारका लागि सबैभन्दा छोटो पैदल मार्गमा रुपमा प्रयोग हुँदै आएको यस बाटोलाई नै लोकमार्ग बनाउन कम खर्चिलो र बढी उपयोगी हुने भएकाले लोकमार्गका लागि नेचुरल ट्रयाक प्रयोग गर्न माग गरिएको हो ।
युनेस्कोले समेत सुचिकृत गरेको उत्तर दक्षिण मार्ग भएकाले सुनौली–मिर्मी–फलेबास–कुस्मा–जोमसोम–कोरल्ला हुँदै लोकमार्ग निर्माण गर्नुपर्ने पुर्बाधार बिज्ञ प्रा.डा. चन्द्रबहादुर श्रेष्ठको भनाई छ ।
कालीगण्डकी लोकमार्गको अझै २३ किलोमिटर छोटो बनाउन सकिने भएकाले यसको लम्बाई ३ सय ५४ किलोमिटरमा झार्न सकिने प्रा.डा. श्रेष्ठले बताए ।
उत्तर दक्षिण जोड्ने लोकमार्गको रुपमा रहेको कालीगण्डकी लोकमार्गको कुस्मा –मिर्मी खण्डलाई सरकारले क्षेत्रिय सडकको रुपमा बजेट बिनियोजन गर्दै राष्ट्रिय मार्गबाट अलग बनाउन खोजेको भन्दै पर्वतका बासिन्दाले आन्दोलन गर्ने चेतावनी दिएका छन ।
पर्वतको उत्तरमा माझफाँटको वारीबेनी देखि दक्षिणमा पर्ने शालिग्राम गाबिसको सेतीबेणी सम्म करिब ७५ किलोमिटर पर्वत भएर जाने यो लोकमार्ग पर्वतको लागि जीवन रेखा(लाइफ लाईन) भएकाले यसलाई राष्ट्रिय मार्गकै रुपमा बजेट बिनीयोजन पर्वतका बासिन्दाले गरिनु पर्ने माग गरेका छन् ।
बजेटमा क्षेत्रिय सडक बनाइएपछि राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष तथा लोकमार्गका परिकल्पनाकार प्रा.डा. पिताम्बर शर्मा, पर्वत बिकास समाज काठमाडौका पदाधिकारी र राजनैतिक दलका नेता सहितको डेलिगेसन समेत गएर बिरोध जनाउने काम भएको छ ।
सडकको कुस्मा–मिर्मी खण्डमा जम्मा १० किलोमिटर मात्रै ट्रयाक ओपन गर्न बाँकी छ । यो खण्डमा ६ वटा पुल र ९ वटा साना कल्र्भट निर्माण गरे पुग्छ । सडक निर्माण पछि दैनिक २ सय गाडी गुड्ने अनुमान गरिएको छ ।

No comments: