Breaking News

म्याग्दीको मुदीबाट हेलीकप्टर चार्टर गरि यार्सा निर्यात

सन्दिप खत्री म्याग्दी
म्याग्दीको मुदीमा स्थानियबासीले संकलन भएको यार्सागुम्बा व्यवसायीहरुले हेलिकप्टर चार्टर गरि निकासी गरेका छन् । सुरक्षाको कारण देखाउंदै मुदी गाविसमा संकलन भएको ७ किलो ६ सय ग्राम यार्सा स्थानीय दलमान पुन र धुर्व कँडेल लगायतका व्यवसायीहरुले दुई वटा हेलिकप्टर मार्फत काठमाडौँ लगेका हुन् । मुदीबाट यार्सा निर्यात गरि वुधवार साँझ बेनीको खुल्लामञ्च अवतरण गरेको फिस्टेल यएर र सिम्रिक यएरको दुई वटा हेलिकप्टरले जिल्ला वन कार्यालयमा छोडपुर्जी लिएर काठमाडौँ उडेको थियो ।

पैशा बोकेर गाउंमा पुग्दा बीच बाटोमै लुटिने डरले छिटो र सुरक्षीत हुने भएकाले २ लाख ४० हजारमा हेलिकप्टर चार्टर गरिएको व्यापारि दलमान पुनले बताए । यसबर्ष मुदीमा गत बर्षभन्दा  बढि यार्सा संकलन भएकाले दुईवटा हेलीकप्टर मार्फत निर्यात गरिएको उनले बताए । गत बर्ष प्रतिकिलो १० लाख २५ हजारमा विक्रि गरेका सर्वसाधारणले  यो बर्ष अन्तराष्ट्रिय बजारमा यसको माग बढेको कारण प्रतिकिलो ११ लाख रुपैयाँमा विक्रि गरेका हुन् ।
गत चैत्र देखि असार सम्म  स्थानियबासीले उच्च हिमाली भेगमा संकलन गरेको यार्साबाट मुदी गाउँमा ७ किलो ६ सय ग्राम यार्साबाट करिब ८२ लाख रुपैयाँ भित्राएका छन् । अन्तराष्ट्रिय बजारमा यार्साको मुल्य बढ्नु र धेरै संकलन भएका कारण एउटै गाउँमा उक्त रकम भित्रिएको हो । यार्सा संकलन गर्न त्यहाँका विद्यार्थी देखि अभिभावक सम्म तीन महिना हिमालको फेदीमा यार्सा संकलन गर्न व्यस्त हुन्छन् । 
गत बर्ष भन्दा यो बर्ष जिल्लामा दोब्बर यार्सा संकलन भएर निर्यात भएको जिल्ला बन अधिकृत याम वहादुर रुम्बाले बताए । हेलीकप्टर मार्फत यार्सा ढुवानी गर्दा व्यवसायीहरुलाई पनी सुरक्षा हुने र राजस्व पनी चुहावट नहुने जिल्ला बन अधिकृत रुम्बाले बताए । ठेकेदारले प्रतिकिलो १० हजार रुपैयाँ सरकारलाई राजश्व बुझाउनुपर्छ । जिल्ला वन कार्यालयको एक तथ्याङक अनुसार,मुदीमा १५, गुर्जामा १०, कुईनेमंगले, मल्कबाङ्ग र चिमखोलामा समान ५÷५ किलो र अन्य छिटफुट गरि जिल्लामा ४४ किलो यार्सा उत्पादन हुन्छ ।

म्याग्दीको मुदीबासीको मुख्य आयस्रोत नै यार्सा मानिन्छ । छोराछोरीका पढाई खर्च, घरव्यवहार र दैनिक आधारभुत आवश्यकता यहि यार्साकै आम्दानीबाट चलाउने गर्छन् ।  मुदी गाविसको १ देखि ४ वडासम्म ३ सय ५० सर्वसाधारणले बगर, मईरे, नेबाङ्ग र रातोढुंगा बुकीमा दुई महिनासम्म यार्सा संकलन गरेका थिए । यार्सा सिजनमा घरायसी काम र विद्यालय समेत बन्द गरेर उनीहरु यार्सा संकलन गर्न जान्छन् ।२ सय एक घरधुरी बसोबाश गर्ने मुदीगाउँमा यो सिजनमा थोरै गर्नेले पचास हजार र धेरै गर्ने सात लाख रुपैयाँ सम्म आम्दानी हुने बताउँछन्  । जिल्ला वन कार्यालयका अनुसार यो वर्ष २४ किलो यार्सा संकलनको लागि अनुमति लिएकोमा अहिलेसम्म २१ किलो यार्सा निर्यात भैसकेको छ । गत वर्ष म्याग्दीबाट ९ किलो यार्सा निर्यात भएकोमा यो बर्ष मौसम उपयुक्त भएकाले यार्सा संकलन बढेको जिल्ला बन कार्यालयका नायव सुव्वा नवराज शर्माले बताए ।

How about this Article

No comments:

Leave a Reply