Breaking News

सलमान र शाहरूख फेरी एकैठाऊँमा भेटिए


salman-saharuk-hugकेही समयअघि बाबा सिद्धिकीले गरेको इफ्तार पार्टीमा भेटिएपछी पाँच वर्ष पुरानो दुश्मनी तोडेर एक अर्कालाइ अंगालो हालेका सलमान खान र शाहरूख खान फेरी एकपटक एकै ठाऊँमा भेटिएका छन् ।



सलमान र शाहरू खान एकटपक फेरी मेहबुब स्टुडियोमा भेटिएका हुन् । उक्त भेटमा यी दुईले कुराकानी नगरेपनि आमुन्ने सामुन्ने भने भएका थिए । स्टुडियोमा शाहरूख चेन्नई एक्प्रेसकी नायीकादिपिका पादुकोणका साथमा पुगेका थिए ।


एक अन्तरवार्ताका क्रममा शाहरूख खानले सलमान खानसँगको कुराकानी र अंगालो मारेको कुरालाई निकै सम्मानजनक, मायालु भएको बताएका थिए ।

यी दुई बीच तत्कालिन सलमान खानकी गर्लफ्रेन्ड रहेकी कट्रिना कैफको विषयलाई लिएर विवाद भएको थियो । त्यसपछी करिब पाँच वर्षसम्म पानी बाराबारको स्थितिमा रहेका यी दुई केही समय अघी बाबा दिस्शिकीले आयोजना गरेको पार्टीमा अंगालो मार्दै पानी बाराबारको स्थितिलाई उल्टाएका थिए ।

How about this Article

No comments:

Leave a Reply