Breaking News

म्याग्दीको राम्चेमा व्यवसायीक खरायोपालन

कमल खत्री- साउन १७, म्याग्दी । म्याग्दीको राम्चे गाविसका बासिन्दाहरु व्यवसायिक खरायोपालनतर्फ आकर्षित भएकाछन् । अन्य पशुपालनभन्दा छिटो फाईदा लिन सकिने र थोरै लगानीमा सहज तरिकाले पाल्न सकिने भएपछी राम्चेका स्थानियबासीले व्यवसायीक खरायोपालन गरेका हुन् । गाविसको काफलडाँडा, नागी, राम्चे लगायतका सवै गाउँमा अधिकाँश घरमा खरायोपालन गर्दै आएको राम्चेका अगुवा कृषक भक्त वहादुर पुर्जाले बताए ।

छोटो समयमा धेरै फाईदा लिन सकिने र राम्रो बजार सम्भावना भएकाले राम्चे गाविसका किसानहरु खरायोपालनतर्फ आकर्षित भएको उनको भनाई छ । करिब १ सय २५ घरधुरी रहेको राम्चेमा मात्रै १ सय १५ घरमा खरायोपालन गरिएको अगुवा कृषक पुर्जाले जानकारी दिए । गाविसको करिब ९० प्रतिशत घरधुरीमा आयआर्जनका लागी खरायोपालन गरिएको छ भने प्रत्येक घरमा ५ देखि २५ वटा सम्म खरायो कृषकहरुले पालेका छन् ।

लुम्ले कृषि अनुसन्धान केन्द्र कास्कीबाट तालिम लिएर खरायोपालन गरेका कृषकहरुलाई लद्युउद्यम विकास कार्यक्रम र संगम म्याग्दीले खरायोपालनका लागि प्राबिधिक सहयोग गरेका छन् । अहिले गाउँबाटै खरायो काठमाण्डौ निर्यात हुने गरेको राम्चे–३ कि देवि गर्वुजाले बताउनुभयो । काठमाण्डौ हिमालय रेविट फर्मले तिन÷तिन महिनामा गाउँमै आएर उत्पादन भएको सवै खरायो खरिद गरि लैजाने भएकाले बजारको समस्या नभएको उनको  भनाई छ ।


रेविट फर्मले एक बर्षमा मात्रै राम्चे गाउँबाट १८ सय किलो बरावरको ३ सय ५० भन्दा धेरै खरायो खरिद गरि लगीसकेको छ भने कृर्षकहरुले प्रतिकिलो २ सय रुपैयाँमा खरायो बेच्दा गाउँमा ३ लाख ६० हजार रुपैयाँ भित्रिएको छ । मासु उपभोगका लागि कुखुरा, बाख्रा, भेडा भन्दा सस्तो भएकोले सवै खरायो विक्रि हुने भएपछी स्थानियबासी व्यवसायीक खरायोपालनतर्फ लागेको बताउँछन् । स्वास्थ्यको लागी लाभदायी र सस्तो हुने भएकाले शहरबजारदेखी पनी खरायोको मासुको माग गर्ने गरेका छन् ।

How about this Article

No comments:

Leave a Reply