Breaking News

१५० प्रदर्शनकारीको मृत्यु

७ साउन, एजेन्सी । बङ्गलादेशमा यही फेब्रुअरी महिनादेखि सुरु भएको आन्दोलन र त्यसका क्रममा जारी रहेको प्रहरी कारबाहीका क्रममा कम्तीमा पनि १५० प्रदर्शनकारीको मृत्यु भएको छ ।

बङ्गलादेशमा सन् १९७१ मा भएको स्वतन्त्रताका समयमा भएको भनिएको युद्ध अपराधमा दोषी पाइएको भन्दै त्यहाँको एक मुस्लिम दलका नेताहरूलाई कारबाही गरिएपछि सुरु भएको आन्दोलनमा प्रहरीले पनि कारबाही गरिरहेको छ ।सो कारबाहीका क्रममा अहिलेसम्म कम्तीमा पनि १५० जना प्रदर्शनकारीको मृत्यु भएको संयुक्त राष्ट्र सङ्घको अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जानकारी दिएको छ ।

उक्त आन्दोलन बङ्गलादेशको सबैभन्दा ठूलो मुस्लिम दल जमात ए इस्लामिकले गरको हो । उक्त दलले आफ्ना नेतालाई चालीस वर्षपछि आएर गरिएको कारबाहीका विरुद्धमा सो आन्दोलन गरेको थियो ।उक्त दलका नेतालाई युद्ध अपराधको अभियोगमा दोषी प्रमाणित गरिएको थियो । सो दलका केही नेतालाई आजिवन काराबास र केहीलाई मृत्युदण्डको नै सजाय सुनाएको छ ।स्वतन्त्रताको समयमा भएको सो युद्दअपराधको छानबिनका लागि भन्दै बङ्गलादेशले सन् २०१० मा विशेष अदालतको स्थापना गरेको थियो ।

 उक्त अदालतले सो विपक्षी दलका केही नेतालाई नै सो अपराधमा मुद्दा चलाइरहेको छ ।बङ्गलादेशको स्वतन्त्रताको समयमा कम्तीमा पनि पाँच लाख नागरिकको ज्यान गएको बताइएको छ । तर सो समयमा मारिएका नागरिको तथ्याङ्क भने फरक–फरक आउने गरेको छ ।राजधानी ढाकालगायतका विभिन्न सहरमा गएको फेब्रुअरी महिनादेखि नै आन्दोलन जारी रहेको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि घरमा बनेका बम समेत प्रहार गरिरेहका छन् ।

प्रहरीले राजधानी ढाकामा प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेकाले सयौँ प्रहरी पनि घाइते भएका छन् । उक्त अधिकारवादी संस्थाले सो आन्दोलनका क्रममा दुई हजारभन्दा बढी घाइते भएका पनि जनाएको छ । रासस

How about this Article

No comments:

Leave a Reply