Breaking News

खनालले अमेरिकामा बान भेटे

१८ साउन, काठमाडौ । अमेरिका भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संयुक्त राष्टसंघका महासचिव बानकी मुनसंग भेटवार्ता गरेका छन ।

राष्टसंघको कार्यालय न्युयोर्कमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र आशन्न संविधानसभा निर्वाचनको बिषयमा छलफल भएको थियो ।महासचिव बानले घोषित मितिमै चुनाव गर्न सुझाव दिएका खनालका सहयोगीहरुले जानकारी दिएका छन । अध्यक्ष खनालले महासचिव बानलाइ संविधानसभा निर्वाचनको पर्यवेक्षण तथा लुम्बिनी भ्रमणको निम्तो दिएका छन ।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले पनि बानलाइ लुम्बिनी भ्रमणको निम्तो दिएकोमा अन्तिम समयमा आएर स्थगित भएको थियो । बानले उपयुक्त समयमा लसम्बिनी भ्रमण गर्ने बताएका थिए ।पूर्वप्रधानमन्त्री खनाल र बानबीच राष्टसंघीय मिसनमा नेपाली सेनाको भूमिका, नेपालमा राष्टसंघीय विकास कार्यक्रम लगायत समसामयिक बिषयमा छलफल भएको बताइएको छ ।

How about this Article

No comments:

Leave a Reply