Breaking News

काँग्रेस पार्टी कार्यालयमा बम विस्फोट

congress flag१८ साउन,गोलबजार (सिरहा) । सिरहा सदरमुकामस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा बिहीबार राति भूमिगत समूहले बम विस्फोट गराएको छ । विस्फोटबाट कार्यालयमा सामान्य क्षति पुगेको छ ।

बिहीबार राति ८:३० बजे बम विस्फोट हुँदा कार्यालयमा रहेका सामान जलेको प्रत्यक्षदर्शीले बताएका छन् । काँग्रेस पार्टी कार्यालयभन्दा करिब ३०० मिटर पूर्व–उत्तरमा जिल्ला प्रहरी कार्यालय रहेको छ भने १५० मिटर उत्तर हेमनारायण चौकमा प्रहरीको चौबिस घन्टे ड्यूटी रहेको छ ।जनतान्त्रिक तराई मुक्ति मोर्चाका पूर्वी सैन्य कमान्डर जय मुक्तिले सञ्चारकर्मीलाई फोन गरेर बम विष्फोटनको जिम्मा लिएका छन् ।

केही मधेसवादी दललगायत पहाडी सत्तावादले मधेसमा आफ्नो अस्तित्व जमाएर मधेस र मधेसी जनताको शोषण गरिरहेकाले काँग्रेस पार्टी कार्यालयमा बम विस्फोट गराएको मुक्तिले टेलिफोनमा बताए ।         यता, दुई दिन अगाडि मात्र कार्यभार सम्हालेका सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले भने पार्टी कार्यालयमा बम विस्फोट नभएको दाबी गर्दै बम विस्फोटको हल्ला मात्र फैलाइएको जिकिर गरे ।

How about this Article

No comments:

Leave a Reply