क्याट्रिनाले लेखिन सञ्चारमाध्यमलाई खुला पत्र
एक भारतिय म्यागेजिनले सार्वजनिक गरेको तस्विरमा नायीका क्याट्रिन बिकिनी र नायक रणबिर कपुर हाफ पाइन्टमा स्पेनको आइबिजा बिचमा रमाउँदै गरेका देखिएको थियो।सोही विषयमा सञ्चार माध्यमलाई खूला पत्र लेख्दै क्याट्रिनाले केही सञ्चारमाध्यमले निजि जिन्दगीमा हस्तक्षेप गरेको आरोप लगाएकी हुन्।
उनले लेखेकेी छिन्-' म यो चिठी लेख्दै छु किन भने एउटा फिल्मी म्यागजिन-अन्य मिडियाले पनि छापे)ले मेरा तस्विरहरु छापेकोमा अत्यन्तै दूखी छु। ती तस्विरहरु म बिदामा रहेको बेलामा कसैले खिच्यो, जुनचाही एउटा कायरतापुर्ण काम हो र मेरो अनुमति बिना खिचिएको हो। र ती तस्विर व्यवसायिक फाइदाको लागी प्रयोग गरियो।यो सेलेब्रेटीमाथी गरिएको अत्यन्तै खराव पत्रकारिता हो जसले प्राइभेसी र डिसेन्सीको तमाम हद पारेको गरेको छ।
म सम्पुर्ण सञ्चारमाध्यमहरु ,जसले यी तस्विर छापे वा देखाए,लाई आग्रह गर्न चाहन्छु एक पटक यसका बारेमा फेरी विचार गर्नुस।मेरो सञ्चारमाध्यमहरुसंघ सधै राम्रो सम्वन्ध छ र सञ्चारमाध्यमहरुको लागी सधै उपलब्धपनि छु,त्यसैले म माथी खराव व्यवहार देखाउनु पर्ने कारण छैन् ।'युसरी सञ्चारमाध्यमलाई लेखिएको पत्रमा क्याट्रिनाले फेरी पनि नायक रणबीर कपुरसंगको सम्वन्धको बारेमा केही खोलेकी छैनन् ।केही दिन अघि सार्वजनिक भऐको तस्विर यस्तो थियो.

No comments: